उत्तर कोरियाका नेता किम फेरि चीन यात्रामा

उत्तर कोरियाका नेता किम जोङ–उन चीनको दुई दिने भ्रमणमा गर्दैछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सिंगापुरमा ऐतिहासिक वार्ता भएको एक हप्तापछि नै किम चीन भ्रमणमा निस्केका हुन् ।

किमले चीनमा रहेका बेला उत्तर कोरियामाथि लाग्दै आएको प्रतिबन्ध तथा ट्रम्पसँगको वार्ताको क्रममा गरेको प्रतिबद्धताका बारेमा छलफल गर्ने अपेक्षा गरिएको छ ।

ट्रम्प र किमबिच सिंगापुर वार्तामा परमाणु निशस्त्रिकरण्ण तथा कोलियाली प्रायद्विपमा शान्ती स्थापनाका लागि एकीकृत प्रयास गर्ने सहमति भएको थियो । चीन उत्तर कोरियाको एक मात्रै आर्थिक सहयोगी रहँदै आएको छ ।

चीनले उत्तर कोरियामाथिको आर्थिक प्रतिबन्धमा फुकुवा गर्नु पर्ने बताइसकेको छ । तर अमेरिकाले भने परमाणु निशस्त्रिकरणको प्रक्रिया नटुंगिएसम्म प्रतिबन्ध नहट्ने बताएको छ ।

वार्तापछि अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास भने रोकेका छन् । गएको मार्च यता किमको यो तेस्रो चीन भ्रमण हो । पहिलो भ्रमणमा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ्गसँग भेटवार्ता गरेका थिए ।

त्यसपछिको भ्रमणबारे औपचारिक जानकारी आएको थिएन । ट्रम्प र किमले जुन १२ मा सिंगापुरको सेन्तोसा आइल्याण्डमा भएको वार्तामा ‘कम्प्रिह्यान्सिभ’ सम्झौतामा हस्ताक्षर गरेका थिए ।

असार ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्