बसन्त चौधरीले ल्याए हिन्दी कवितासंग्रह ‘चाहतो के साये मे’

कवि वसन्त चौधरीको कवितासंग्रह ‘चाहतो के साये मे’ नयाँ दिल्लीमा विमोचन गरिएको छ। बलिउडका बरिष्ठ गीतकार समिर ‘अन्जान’ले शुक्रबार कविता संग्रहको विमोचन गरेका हुन्। गीतकार समीर संसारकै सबैभन्दा धेरै गीत लेखेर सन् २०१६ को गिनिज वर्ल्ड रेकर्ड्समा नाम लेखाइसकेका छन्।

पछिल्लो एक वर्षमा सार्वजनिक भएको यो दोस्रो पुस्तक हो। ‘चाहतो के साये मे’ लाई ‘टाइम्स ग्रुप बुक्स’ले प्रकाशन गरेको हो। यो पुस्तकमा हिन्दी र उर्दु भाषामा सिर्जना गरिएका रचनाहरु छन्।

पुस्तक सार्वजनिक समारोहमा नै चौधरीले गीति संग्रह पनि सार्वजनिक गरिएको छ। सातओटा गीत भएको यो संग्रहमा सोनु निगम, श्रेया घोषाल, रुपकुमार राठोड र मोहित चौहानको स्वर छ। ‘चाहतो के साये मे’लाई असार ११ गते भारतको मुम्बईमा विमोचन गरिने टाइम्स ग्रुप बुक्सले जनाएको छ।

असार ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्