तीन छोरीहरुले काँध थापेर घाट पुर्‍याए न्यूरोसर्जन डा. देवकोटालाई (१३ तस्बिरहरु)

डा.उपेन्द्र देवकोटाको पार्थिव शरीर बोकेर पशुपति आर्यघाट तर्फ लैजाँदै छोरीहरु मेधा, वसुधा र मञ्जरी।उनको शव विद्युतीय शवगृहमा अन्तिम संस्कार गरिएको छ। तस्बिर-बर्षा शाह/देश सञ्‍चार

काठमाडौं- वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई मंगलबार दिउँसो पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा उनकी श्रीमती मधु देवकोटा र तीन छोरीले बिदाइ गरेका छन्।

त्‍यसअघि उनलाई पशुपतिनाथको ब्रह्‍मनालमा लगिएको थियो। त्‍यहाँ हजारौँ शुभचिन्तकहरु उनलाई हेर्न उपस्थित थिए।

शिरमा ढाका टोपी पहिरिदिएर उनको पार्थिव शरीरलाई ब्रह्‍मनालमा विधिपूर्वक पूजा गरिसकेपछि सेनाले सलामी दिएको थियो। त्‍यसपछि छोरीहरुले बोकेर उनको शव विद्युतीय शवगृहमा लगेका थिए।

सोमबार साँझ निधन भएका डा. देवकोटालाई मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेदेखि बाँसबारीस्थित न्यूरो अस्पतालमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो।

अन्तिम श्रद्धाञ्जलीपछि बाँसबारीबाट पशुपतिनाथ परिसरसम्म उनको शवयात्रा गरिएको थियो।

६५ वर्षीय डा. देवकोटाको काजकिरिया उनका तीन छोरीहरु मेधा, वसुधा र मञ्जरीले गर्नेछन्। उनको काजकिरिया सात दिनमा सम्पन्न हुने परिवारजनले जानकारी दिएका छन्।

 

असार ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्