पोल्याण्डलाई २–० ले पछि पार्‍यो सेनेगलले

मस्को– विश्वकप फुटबलअन्तर्गत समूहगत चरणको आफ्नो पहिलो खेलमा सेनेगलले २–० को अग्रता बनाएको छ ।

पहिलो हाफमा आत्माघाति गोलबाट पछि परेको पोल्याण्डले ६० औं मिनेटमा दोश्रो गोल खान पुुग्यो । सेनेगलका एम्बेयी नियङले गोल गरे ।

त्यसअघि पोल्याण्डका थिएगो क्लोनेकको आत्माघाति गोलमा सेनेगलले अग्रता लिएको हो ।समुहचरणको यो पहिलो राउण्डको अन्तिम खेल हो ।

समूह ‘एच’ अन्तर्गतको पहिलो खेलमा जापानले कोलम्बियालाई २–१ गोलले हराएको छ। सेनेगल १६ वर्षपछि र पोल्यान्ड १२ वर्षपछि विश्वकपमा सहभागी भएका हुन्।

यसअघि एक पटकमात्र विश्वकप खेलेको सेनेगल सन् २००२ को संस्करणमा क्वाटरफाइनलसम्म पुगेको थियो। पोल्यान्ड सन् १९७४ र १९८२ को संस्करणमा सेमिफाइनलसम्म पुगेको थियो।

असार ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्