अमेरिकामा आश्रयको खोजीमा रहेका १२३ जना जेलमा, अधिकांश दक्षिण एसियाली

अमेरिकामा आश्रयको खोजीमा रहेको १२३ जना आप्रवासीलाई त्यहाँको सरकारले पक्राउ गरी बन्दी बनाएको छ । आश्रयको खोजीमा रहेका १२३ जनालाई गएको महिनाभरमा पक्राउ गरी ओरिगन को यमहिल काउन्टीमा रहेको जेलमा राखिएको हो ।

जेल पर्नेमा अधिकांश दक्षिण एसियाका आप्रवासी रहेका छन् । उनीहरु मध्ये धेरै हिन्दी र पञ्जावी बोल्ने गरेको बताइएको छ । केही चिनियाँ आप्रवासी पनि रहेका छन् ।

यसरी पक्राउ पर्नेमा मध्य अमेरिका, मेक्सिको तथा ब्राजिलका पनि रहेको ओजिगनलाइभले उल्लेख गरेको छ । पक्राउ परेका मध्ये धेरैले आफूलाई शिख वा क्रिष्चियनको रुपमा चिनाएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अवैध आप्रवासीमाथि शून्य सहनशीलताको नीति लिएपछि यसरी पक्राउ पर्ने आप्रवासीको संख्या बढेको छ । यस क्रममा धेरै बालबालिका आफ्ना अभिभावकसँग विछोडिएका छन् ।

यसको चौतर्फी विरोध भए पनि राष्ट्रपति ट्रम्पले आफ्नो नीतिको बचाउ गर्दै आएका छन् ।

गएको मे ५ देखि जुन ९ सम्ममा २३ सय ४२ बालबालिका उनीहरुका अभिभावकबाट विछोडिएका छन् । ट्रम्पको नीति अनुसार २२ सय ६ अभिभावकलाई बन्दी बनाएपछि उनीहरु एक्लिएका हुन् ।

असार ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू