मौद्रिक नीति पर्खिदै लगानिकर्ता, सेयर बजार घट्ने क्रम रोकिएन

काठमाडौं-बैंक वित्तीय संस्थाबीच ब्याजदर बढाउन प्रतिस्पर्धा चलेपछि निरन्तर घटिरहेको सेयर बजार साताको चौंथो कारोबार ८.३६ अंकले ओरालो लागेको छ।

साताको पहिलो कारोबार दिनदेखी घटिरहेको कारोबार रकम बुधबार पनि २७ करोड २८ लाख माथि बढ्न सकेको छैन।  लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले लगानीकर्ता पर्ख र हेरको अवस्था रहेको बताए। उनले भने, ‘मौद्रिक नीतिले सेयर मार्जिक कर्जा लगाएतका विषयमा सम्बोधन गरे सेयर कारोबार बढ्न सक्छ नत्र केहि भन्न सकिने अवस्था छैन।’

घटेको बजारमा १ सय ५६ कम्पनीको २५ लाख ९१ हजार कित्ता सेयर खरिद बिक्रि भएको छ।  न्युन रकमको सेयर कारोबार हुदाँ ओम विकास बैंकको ३ करोड ६२ लाख रुपैयाँ बराबरको भएको छ।

करिब ४ प्रतिशतले मुल्य बढेको एभरेष्ट बैंकको अग्राधिकार सेयर धेरै मुल्य बढ्ने कम्पनी बन्यो। ४.३७ प्रतिशतले मुल्य घटेको युनाईटेड मोदी हाईड्रोपावर धेरै मुल्य घट्ने कम्पनी बन्यो।

बुधबार पनि मंगलबारको जस्तै नेप्से परिसुचक ओरालो लाग्दा कुनै पनि उपसूचक उकालो लाग्न सकेन।

असार ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्