ओप्पोले नेमारसँग सहकार्य गर्ने

काठमाडौं- सेल्फी एक्स्पर्ट एण्ड लिडरका रुपमा परिचित ओपोले सर्वाधिक लोकप्रिय ब्राजिलियन फूटबलर नेयमारसँग ओपो फ्रेण्डका रुपमा सहकार्यको घोषणा गरेको छ।

यस सहकार्यसँगै कन्टेष्ट अवधिभर नेयमारलाई आपो मोबाइल्सको प्रमोशन गरिरहेको देख्न सकिनेछ । यस अघिपनि ओपोले आफ्नो एफसी बार्सिलोना एडिशनको प्रबद्र्धनका लागि नेयमारसंग सहकार्य गरिसकेको छ।

ओपोका उत्पादनलाई आफैमा उत्कृष्ट मार्केटिङका रुपमा लिइन्छ। तथापी, कम्पनीले विभिन्न प्ल्याटफर्मको प्रयोग गर्दै यूवा जमातसँग नजिकिन ३६०–कोणमा एकिकृत मार्केटिङको पहल गरिरहन्छ।

खेल तथा मनोरञ्जन मार्केटिङको माध्यमबाट यूवा जमातलाई पायकपर्ने टच प्वाइन्ट्सका माध्यमबाट कम्पनी उनीहरुसंग नजिकिन सँधै प्रयत्नरत रहन्छ। बर्षौको आरएण्डडी पश्चात नेपालमा आर्टिफिसियल ईन्टेलिजेन्स २.०लाई सेल्फी फिचरका रुपमा भित्र्याउने ओपो नै पहिलो स्मार्टफोन ब्राण्ड हो। यो प्रविधिले वैश्विक डाटाबेस मार्फट २ सय ९६ फेसियल टच प्वाइन्ट्सको माध्यमबाट अनुहारको आकार तथा विशेषताको पहिचान गर्ने क्षमता राख्छ।

यसको विकासका लागि आरएण्डडी प्रक्रियाका दौरान कम्पनीले ब्यवसायिक फोटोग्राफर तथा मेक–अप आर्टिस्ट्सहरुसंग परामर्श तथा सल्लाह सुझावपनि लिएको थियो। फलस्वरुप एआई प्रविधिमा सेल्फीलाई थप प्राकृतिक र वास्तविक देखाउने तथा ब्यवसायिकले खिचेको जस्तो नतिजा प्रस्तुत हुन्छ।

त्रुटिरहित सेल्फीका लागि उपभोक्ता समक्ष २५ मेगापिक्सेल क्षताको फ्रण्ट क्यामेरा सहित ओपोले एफसेवेन सार्वजनिक गरिसकेको छ। यसलाई ओक्टा कोर ६४–बीट मिडियाटेक हेलियो पी६० प्रोसेसरले शक्ति प्रदान गरेको छ।

असार ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्