विश्वकप २०१८ : अर्जेन्टिना भर्सेस क्रोएसिया

मेस्सीलाई प्रमाणित गर्ने अवसर र क्रोएसियाको चुनौती

यो विश्वकपको सुरुवात अर्जेन्टिना र त्यो भन्दा पनि कप्तान लियोनल मेस्सीका लागि राम्रो रहेन । पहिलो खेलमा पहिलो पटक विश्वकप खेलिरहेको आइसल्याण्डसँग विश्वकपको दाबेदार मानिएको अर्जेन्टिना १–१ को बराबरीमा रोकियो ।

मेस्सीले पेनाल्टी मिस गरेको त्यो खेलबाट बाहिर आएर अर्जेन्टिना दोस्रो खेलमा बिहीबार क्रोएसियासँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा नाइजेरियालाई २–० ले हराएको क्रोएसियाको मनोबल उच्च छ । उसले अब एक खेल जितेमा अन्तिम १६ मा स्थान बनाउने पक्का हुनेछ ।

अर्जेन्टिनासँगको खेलमा क्रोएसिया निकाला कालिनक बिना नै मैदान उत्रिने छ । खेल्न नमानेपछि स्ट्राइकर कालिनिकलाई घर पठाइएको हो ।

मेस्सीले आइसल्याण्डसँगको खेलमा ११ पटक पोस्ट प्रहार गरे र गोल गर्न सकेनन् । उनले बिहीबार राति पौने १२ बजे हुने खेलमा त्यो खेलमा नगर्न नसकेको कुरा पनि गर्न सक्ने छन् ।

हेड–टू–हेड


अर्जेन्टिना र क्रोएसियाबिच यसअघि चारपटक भेट भएको छ । ती भेटमा अर्जेन्टिना दुई पटक विजयी भएको छ भने एक पटक क्रोएसिया र एक पटक बराबरी भएको छ ।

दुई टोलीबिच विश्वकपमा भने यसअघि एक पटक मात्रै भेट भएको छ । सन् १९९८ को विश्वकपमा समूह चरणमा भएको भेटमा अर्जेन्टिना १–० ले विजयी भएको थियो ।

त्यो बेला अर्जेन्टिना समूह विजेता तथा क्रोएसिया उपविजेताको रुपमा अन्तिम १६ मा पुगेका थिए ।

अर्जेन्टिना


अर्जेन्टिनाले विश्वकपमा आफ्ना सुरुका दुई खेल पछिल्लो पटक जित्न नकसेको भनेको सन् १९७४ मा हो । त्यसयताका विश्वकपमा अर्जेन्टिनाले सुरुका दुई मध्ये कम्तिमा एक खेलमा जित निकालेको छ ।

अर्जेन्टिनाले विश्वकपमा समूह चरणका पछिल्ला १६ खेलमा एकमा मात्रै हार बेहोरेको छ । उसले सन् २००२ को विश्वकपमा इंग्ल्याण्डसँग १–० को हार बेहोरेको थियो । १२ खेलमा अर्जेन्टिना विजयी भएको छ भने तीन खेलमा बराबरी भएको छ ।

अर्जेन्टिनाले प्रतियोगिताका पछिल्ला १० खेलमा दुई खेलमा मात्रै एक भन्दा बढी गोल गरेको छ । १० खेलमा उसले गरेको गोल संख्या ९ मात्रै हो ।

अर्जेन्टिनाका सर्जियो अग्युरोले राष्ट्रिय टिमबाट पछिल्ला चार खेलमा गोल गरेका छन् । मेस्सीले विश्वकपमा पछिल्ला २१ पोस्ट प्रहारमा गोल गर्न सकेका छैनन् ।

तर राष्ट्रिय टिमबाट पछिल्लो २ वर्षमा अर्जेन्टिनाका लाथि १७ खेलमा १४ गोल गरेका छन् । उनले पछिल्ला चार खेलमा ६ गोल गरेका छन् ।

क्रोएसिया


क्रोएसियाले सन् १९९८ यता विश्वकपमा लगातार दुई खेल जितेको छैन । बिहीबार राति हुने खेल जितेमा उसले २० वर्षअघिको लगातार जितको त्यो शृङ्खला फेरि दोहो¥याउने छ ।

क्रोएसियाले विश्वकपमा आफ्नो दोस्रो खेल अहिलेसम्म हारेको छैन । उसले तीन खेल जितेको छ भने एक खेलमा बराबरी भएको छ ।

तर विश्वकपमा अहिलेसम्म उसले दक्षिण अमेरिकी टिममाथि जित निकाल्न सकेको छैन । यसअघि दक्षिण अमेरिकी देशसँग भएका चार खेलमा सबैमा क्रोएसिया हारेको छ, तीन पटक ब्राजिल तथा एक पटक अर्जेन्टिनासँग ।

असार ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्