प्रियंका चोपडाको पुस्तकमा खोलिने छन् धेरै रहस्य

आउँदो वर्ष अभिनेत्री प्रियंका चोपडाको संस्मरण सार्वजनिक हुँदैछ । प्रियंकाले पुस्तकमा यस्ता कुराहरु लेख्नेछिन्, जो अहिलेसम्म  उनका बारेमा अस्पष्ट रहेका छन् ।

उनको संस्मरणमा त्यस्ता कुराहरु हुनेछन्, जसमा १५ वर्ष अगाडि हिन्दी सिनेमा जगतमा पहिलो पटक ‘निडर महिला’ को यात्रा गर्दा बलिउडको वरिपरि लुकेका रहस्य खोलिनेछ।

‘म अन्तरमुखी स्वाभावको व्यक्ति हुँ । पिटिआइको एक रिपोर्टका अनुसार म आफ्नो यात्राको क्रममा कुनै बेला पनि आफ्नो भावनाको बारेमा कुरा नै गरिन, तर अब म यसको लागि तयार छु ।’ ३५ वर्षकी स्टार अभिनेत्रीले आफ्नो किताबको नाम ‘अनफिनिश्ड’ को बारेमा केही कुरा पनि गरेकी छन् । ‘पुस्तकको स्वाद इमान्दारिता, उत्साह, व्यंग्य, निडर, निर्धक्क र बिद्रोही हुनेछ, ठ्याक्कै म जस्तै ।’

‘मेरो कथाले मानिसलाई प्रेरणा दिन्छ भन्ने मलाई आशा छ, अझ धेरै महिलालाई । महिलाका लागि जुन जुन अवरोध छन्, त्यो तोड्न चाहन्छु । समाजमा महिलाका लागि बनाइएका धेरै नियमहरु छन्, जसको कारणले महिलाले आफ्नो इच्छा खुम्च्याउनु पर्छ । म उनीहरुलाई भन्न चाहन्छु की यो सबै सम्भव छ ।’ अभिनेत्री जन्म जमशेधपुरमा भएको थियो, अहिले उनी न्यूयोर्कमा बस्छिन् ।

पुस्तक अमेरीकाको बालनटाइन बुक्सले प्रकाशन गर्ने छ भने बेलायतमा माइकल जोसेफले प्रकाशन गर्नेछ ।

असीमित अभिनेता, निर्माता, कार्यकर्ता र यूनिसेफको दूतसँगको निजी सम्बन्ध, कहानी र टिप्पणीको यो संग्रह भएको भारतको प्रकाशक पेनगुइन र्‍याण्डम हाउस इन्डियाले घोषणा गरेको छ ।

पेनगुइन र्‍याण्डम हाउस इन्डियाका प्रधान सम्पादक मेरु गोख भन्छन्, ‘हामी मजबुद महिला भूमिकामा उभिएका नमूनाहरुको बारेमा छाप्न प्रतिबद्ध छौँ र प्रियंकालाई यो सूचिमा राख्न पाउँदा हामीलाई गर्भ लागेको छ ।’

‘प्रियंका विश्वमा भएका प्रभावशाली महिलामध्येकी एक हुन् । उनलाई त्यति हलुका रुपमा लिनु हुँदैन’ उनले थपिन्, ‘प्रियंकाको जीवनका घटनाहरु क्रान्तिकारी र सुलभ दुवै कुरा महसुस गर्न सकिन्छ र यो मात्र उनको व्यक्तित्वको उपज हो ।’

पद्म पुरस्कार विजेता प्रियंकाको यो तेजस्वी उन्नती हो, १७ वर्षको उमेरमा मिस इन्डियाको टाइटल जितेपछि र त्यसको एक वर्षपछि मिस वल्र्ड जितिन् । त्यसपछि उनले पछि फर्किनु परेको छैन ।

त्यसपछि उनी बलिउडमा फिल्ममा प्रवेश गरिन् । सन् २००८ मा सर्वश्रेष्ठ अभिनेत्रीको रुपमा राष्ट्रिय चलचित्र अवार्ड जितेकी थिइन् । अभिनेत्रीका परम्परागत भूमिकालाई तोड्दै अगाडि बढ्न उनलाई त्यति सजिलो थिएन ।

एनले टेलिभिजन एबिसी च्यानलको ‘क्वान्टिको’ मा एलेक्स पेरिशको भूमिकामा तेस्रो सिजनसम्म काम गरेर प्रशंसा बटुलेकी छन् । अमेरिकी टेलिभिजन श्रृंखलामा नेतृत्व भूमिकामा आएर स्टार बन्ने प्रियंका पहिलो भारतीय कलाकार हुन् । जसका लागि उनले पिपुल्स चोइस अवार्ड जितेकी छन् ।

प्रियंका जो परोपकारमा पनि छन्, अहिले हलिउडमा पनि हंगामा मच्चाइरहेकी छन् । उनले काम गरेको दुई हलिउड अंग्रेजी चलचित्र बेवाच र अ किड लाइक ज्याक रिलिज भइसकेको छ । अहिले उनले काम गरेको तेस्रो चलचित्रको काम भर्खरै सकिएको छ ।

असार ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्