मोदी सरकारको मुख्‍य आर्थिक सल्लाहकार अरविन्द सुब्रमण्यनले दिए राजीनामा

नयाँदिल्‍ली- मोदी सरकारका मुख्‍य आर्थिक सल्लाहकार अरविन्द सुब्रमण्यनले राजीनामा दिएका छन्। भारतका वित्तमन्त्री अरुण जेटलीले सामाजिक सञ्‍जाल फेसबुकमार्फत एउटा नोट लेख्‍दै सुब्रमण्यनले राजीनामा दिएको बीबीसीले उल्लेख गरेको छ।

वित्तमन्त्री जेटलीले फेसबुकमा लामो नोट लेख्‍दै भनेका छन्, ‘अरविन्दले आफ्नो निजी कारण देखाउँदै राजीनामा दिए। अब उनी चाँडै नै अमेरिका फर्किनेछन्। मलाई उनको राजीनामा स्विकार्नुको अर्को विकल्प छैन।’

अरविन्द्र सुब्रमण्यनले १६ अक्टूबर, २०१४ मा भारतको मुख्‍य आर्थिक सल्लाहकारको पद सम्‍हालेका थिए। यसअघि नीति आयोगका उपाध्‍यक्ष अरविन्द पनगढियाले गत अगस्टमा आफ्नो पदबाट राजीनामा दिएका थिए। यसपछि उनी सन् २०१६ मा रिजर्भ बैंकका गर्भनर रघुराम राजनसँग भनेका थिए, ‘आफ्नो कार्यकाल पूरा भएपछि तत्काल एकाडेमिक क्षेत्रमा फर्किन्छु।’

अब प्रश्‍न उठिरहरेको छ कि देशको मुख्‍य आर्थिक तथा नीतिगत क्षेत्रमा सबभन्दा राम्रो सल्लाह दिनेले किन छाडिदिए मोदी सरकारको साथ?

यसबारेमा आर्थिक मामिलाका जानिफकार तथा वरिष्ठ पत्रकार परञ्‍जाय गुहा ठाकुर तथा एमके वेणु भन्छन्, ‘अरविन्दलाई अरुणले नै मुख्‍य आर्थिक सल्लाहकारमा छानेका थिए। चार वर्षअघि अरुण आफैँ पनि मुख्‍यमन्त्री थिए। त्‍यतिबेला उनले देशमा औषधि नीतिको विरोध गरेका थिए। त्‍यही समयमा प्रश्‍न उठाइएको थियो। यसलाई किन चुनिएको थियो? यता, आरएसएस तथा स्वदेशी जागरण मञ्‍चमा आलोचना समेत भएको थियो। यसअघि पनि धेरै अर्थशास्त्री आए र पछि अमेरिका फर्किए। किनकी देश अर्थव्‍यवस्था भद्रगोल अर्थात राम्रो छैन। वा उसको पनि केही निजी कारण हुन सक्छ।’

असार ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू