रवि लामिछानेविरुद्ध सरकार पछि हट्यो, भन्यो- सञ्चार व्यवसायमा संलग्न हुने रुचि सम्मान गर्छौँ

काठमाडौं- पत्रकार रवि लामिछानेविरुद्ध सरकार पछि हटेको छ।

नेपालमा अवैधरुपमा काम गरिरहेको दावीसहित उनिविरुद्ध कानुनी कारबाहीको तयारी भइरहँदा बिहीबार प्रेस काउन्सिल नेपालले उनले अमेरिकी राहदानी र नागरिकता त्याग सम्बन्धी प्रकृया चालिसकेकोको जानकारी प्राप्त भएको उल्लेख गर्दै लामिछानेले नेपालमै रही सञ्चार सम्बन्ध पेशा व्यवशायमा संलग्न हुने उनको रुचिको सम्मान गर्ने बताएको छ। यसअघि उनले अमेरिकी नागरिकता र राहदानी हुँदाहुँदै विना अनुमती नेपालमा काम गरेको भन्दै कारबाहीको तयारी भइरहेको थियो।

प्रेश काउन्सिल नेपालले गृह मन्त्रालयले लामिछानेले अमेरिकी नागरिकता र राहदानी त्याग सम्बन्धी निवेदन दिएकोबारे आफूलाई जानकारी गराएकाले यो मुद्धा टु‌ंगिएको पनि स्पष्ट पारेको छ।

असार ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू