विश्‍वकप फुटबल

फ्रान्स र पेरुबीच खेल सुरु

मस्को- रुस विश्वकप अन्तर्गत आफ्नो दोस्रो खेलमा फ्रान्सले अहिले पेरुसँग खेलिरहेको छ।

समूहगत चरणको आफ्नो पहिलो खेलमा फ्रान्सले अस्ट्रेलियालाई २-१ गोलले हराएको थियो भने पेरुले डेनमार्कसँग १-० गोलको हार ब्यहोरेको थियो।

समूह ‘सी’अन्तर्गत केहीबेर अघि सम्पन्न आफ्नो दोस्रो खेलमा डेनमार्कले अस्ट्रेलियासँग १-१ गोलको बराबरी खेलेको थियो।

असार ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्