आइएमईको सेवाग्राहीलाई ग्राण्डी अस्पतालमा ७.५ प्रतिशत छुट

काठमाडौं-काठमाडौं पानी पोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र टोखानगरपालिका वडा नम्बर ०८, धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबीच सम्झौता भएको छ।

सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको सेवामा ७.५ प्रतिशत विशेष छुट पाउनेछन्।यो सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुनेछ।

त्यसैगरी चिकित्सकीय परामर्श लगायत विभिन्न दश प्रकारका ल्याब परीक्षण सेवाका लागि जम्मा रु.१,५००(एक हजार पाँच सय) शूल्कमा स्वास्थ्य परिक्षण प्याकेज समेत प्राप्तगर्न सकिने व्यवस्थामिलाइएको छ।यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड अस्पतालको ओपीडी शाखामा देखाउनु पर्नेछ।

सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट लोयल्टी कार्यक्रम प्रमुख प्रफुल्ल रिजाल र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको तर्फबाट बजार तथाव्यापार प्रवर्द्धन विभाग प्रमुख प्रतिक तिवारीले हस्ताक्षर गरेका छन्।

यो सम्झौता असार ११ गतेदेखि एक वर्षसम्मका लागि लागू हुनेछ।

असार ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्