राजधानीमा जन्मियो नयाँ थिएटर ‘कौशी’

सबै तस्बिरहरु: बर्षा शाह

राजधानीमा बिस्तारै रंगमञ्चले स्वीकृति र अभिभावकत्व देखिने गरी हासिल गरिरहेको बेला एउटा नयाँ ‘थिएटर’ जन्मिएको छ।

कथाबेरा समूहले टेकुमा निर्मित कौसी थिएटरमा बुधबार अमेरिकी लेखक सेल सिल्भरस्टेनको ‘द गिभिङ ट्री’मा आधारित दयालु रुखको मञ्चनका साथ त्यसको उद्घाटन गरेको छ।

आकांक्षा कार्कीको परिकल्पना र निर्देशनमा प्रस्तुत उक्त नाटक लगभग ३० भाषामा अनुवादित र मञ्चित भइसकेको छ। दिएर कहिल्यै नथाक्ने रुखले परोपकारी प्रकृतिलाई र मागेर कहिल्यै नअघाउने मानवीय स्वार्थीपनलाई एक व्यक्तिले प्रतिनिधित्व गरेका छन् कथामा।

आगामी दुई साता या असार २४ सम्म ‘दयालु रुख’ मञ्चन हुने घोषणा कथाबेरा समूहले गरेको छ।

करिब १३० सिटसहितको उक्त आधुनिक नाट्यशालाको उद्घाटन आकांक्षा कार्कीकी आमा डा अरुणा कार्की र बुवा मेजर जनरल सन्तोष कार्कीले रिबन काटी गरेका थिए।

असार ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्