कविता महोत्सवमा कवि फुलमान बल पहिलो

काठमाडौँ- नेपाल प्रज्ञा-प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा कवि तथा पत्रकार फूलमान वलले प्रथम स्थान हासिल गरेका छन्।

महोत्सवमा अन्तिम चरणमा छनोटमा परेका ३६ कविमध्ये काभ्रेका कवि वलको ‘इन्द्रेणीको गीत’ शीर्षकको कवितालाई निर्णायकहरुले सर्वोत्कृष्ट ठहर्‍याएका हुन्।  महोत्सवमा धादिङकी कवि सुनिता खनालको कविता ‘श्यामश्वेत फोटो’ दोस्रो भएको छ। तेह्रथुमकी एलिना दुलाल,  रामेछापका जीवन खत्री र मोरङकी मेनुका चापागाईँ तृतीय भएका छन्।

प्रज्ञा-प्रतिष्ठानले हरेक वर्ष संस्थाको वार्षिकोत्सवको अवसर पारेर असार ९ गते देशव्यापी राष्ट्रिय कविता महोत्सव आयोजना गर्दै आएको छ।

असार ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्