सनि लियोनलाई स्वास्थ्य समस्या, डाक्टको निगरानिमा

कलाकार सनि लियोनको स्वास्थ्यमा समस्या आएको छ। रियालिटि शो ‘स्प्लिीस्ट भिल्ला’ को सुटिङ्गको क्रममा उनलाई पेटमा समस्या भएको हो। सुटिङ्ग गरिरहेको बेलामा उनलाई पेट दुखेर अस्पताल लगिएको थियो। २४ घण्टामा उनलाई २ पल्ट अस्पतालमा लगिएको छ।

पहिलो पटक अस्पतालमा आधा घण्टा राखेर फर्काइएको थियो तर फेरी दुखाई फर्किएपछि उनलाई अस्पताल लगिएको हो। यो पटक उनलाई १३ घण्टा उपचार कक्षमा राखिएको थियो।

के भयो सनिलाई

–‘स्प्लिीस्ट भिल्ला– ११’ को सुटिङ भारतको उत्तराखण्डमा भईरहेको थियो। उनलाई यहि बेलामा स्वास्थ्य समस्या भएको थियो।
– सनिको ग्यास्ट्रोइनसाइटिस अर्थात् ग्यास्ट्रिकको कारणले पेट दुखेको थियो। उनलाई एउटा निजी अस्पतालमा भर्ना गरिएको थियो। दोस्रो पटक धेरै दुखाई भएपछि उनलाई चामुन्डा विशारको एक अस्पतालमा भर्ना गरिएको छ।

स्वास्थ्यमा सुधार भएपछि उनलाई अस्पतालले घर पठाइदिएको थियो तर उनी अहिले पनि डाक्टरको निगरानीमा छिन्।

असार १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्