पत्नी उपचारका लागि अध्यक्ष दाहाल थप दस दिन सिंगापुर बस्ने

फाइल तस्बिर।

काठमाडौँ- पत्नीं सीता दाहालको थप उपचार गर्नुपर्ने भएपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल अझै १० दिन सिंगापुर रोकिने भएका छन्।

सात दिनअघि पत्नी सीताको स्वास्थ्य उपचारका लागि दाहाल सिंगापुर गएका थिए। पारिवारिक स्रोतका अनुसार सीताको उपचारमा संलग्न चिकित्सकले दिएको सल्लाह अनुसार थप १० दिन उनको फिजियोथेरापी गर्न दाहाल तयार भएका हुन्।

असार १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्