जापान र सेनेगल २-२ को बराबरी

काठमाडौं- विश्वकप फुटबलमा अफ्रिकी टोली सेनेगल र जापान समूह चरणको अन्तिम खेलमा २-२ को बराबरी खेलेका छन्।
खेलको ११ औ मिनेटमा सेनेगलका साडियो मानेले जापानविरुद्ध पहिलो गोल गरे भने जापानका लागि ताकासी इनुले खेलको ३४औ मिनेटमा सेनेगलविरुद्ध गोल फर्काए। हाफटाइमपछि सेनेगलका माैसा वेगले दोस्रो गोल गरे भने ७८ औँ मिनेटमा जापानका केइसुके होन्डाले दोस्रो गोल गरेर खेललाई २-२ को बराबरीमा पुर्याएका थिए।
यो खेलमा बराबरी गरेसँगै समूह एचमा जापान र सेनेगल ४-४ प्वइन्टसहित समूहको अग्रस्थानमा छन्।