कोलम्बियाले पोल्यान्डलाई ३-० ले हरायो

विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को खेलमा आइतबार राति भएको खेलमा कोलम्बियासँग पोल्यान्ड ३–० गोलले पराजित भएको छ।

यो पराजयसँगै पोल्यान्ड विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएको छ। पोल्यान्ड लगातार दुई खेलमा पराजित भएपछि समूह चरणबाट बाहिरिएको हो।

खेलको ४० औं मिनेटमा कोलम्बियाका यरी मिनाले पहिलो गोल गरेका थिए। ७० औं मिनेटमा राडमेल फल्काओले अर्को गोल गरेर कोलम्बियालाई २–० अग्रता दिलाए। ७५ औं मिनेटमा जुआन चुआड्राडोले गोल गर्दै पोल्यान्डमाथि ३–० को अन्तर हासिल गरे।

यो जितसँगै कोलम्बियाको नकआउट चरणमा पुग्ने सम्भावना कायमै रहेको छ। अब समूह एचबाट कोलम्बिया, जापान र सेनेगलमध्ये दुई टिम नकआउट चरणमा प्रवेश गर्नेछन्।

असार ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्