फुटबल मैदानमा खेलाडीसँगै कंगारु दौडिए पछि…

अस्ट्रेलियाली फुटबल टिम अहिले रुसमा छ र विश्वकप फुटबलको अघिल्लो चरण पुग्ने झिनो सम्भावनासहित समूह चरणको अन्तिम खेलका लागि तयारीमा छन् ।

समूह सी मा रहेको अस्ट्रेलिया एक अंकसहित तेस्रो स्थानमा छ । अस्ट्रेलियाली टिम रुसमा संघर्षरत छ भने अस्ट्रेलियामा घरेलु फुटबल पनि भइरहेको छ ।

अस्ट्रेलिया सबैभन्दा चर्चित छ कंगारुका लागि । फुटबल मैदानमा खेलाडीसँगै कंगारु पनि दौडिए भने के होला ? आइतबार अस्ट्रेलियाको क्यानबेरामा भएको स्थानीय खेलमा यस्तै भयो ।

बेल्कोनेन युनाइटेड र क्यानबेरा टिमबिच फुटबल भइरहेको थियो । त्यहि बेला मैदानमा कंगारु झि¥यो । यसले गर्दा खेल केही बेर प्रभावित भयो । खेलमा बेल्कोनेन युनाइटटेड २–० ले विजयी भयो ।

विश्वकपको कुरा गर्दा कंगारु टिम अस्ट्रेलिया रहेको सी समूहबाट फ्रान्सले अघिल्लो चरणमा स्थान बनाएको छ । डेनमार्कसँगको खेलमा एक अंक मात्रै बटुलेमा पनि उ समूह विजेता बन्नेछ ।

फ्रान्ससँगको खेलमा बराबरी र अस्ट्रेलियाले पेरुलाई हराउन नसकेमा डेनमार्क अघिल्लो चरण पुग्नेछ । फ्रान्सलाई हराउन सकेमा भने डेनमार्क समूह विजेता बन्नेछ ।

अस्ट्रेलियाको सम्भावनाका लागि उसले पेरुलाई हराउनु पर्नेछ र गोल अन्तर पनि डेनमार्कको भन्दा बढी हुनु पर्नेछ ।

असार ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्