बाग्लुङ्गको लुरुङमा पहिरो, एकै परिवारका तीनजनाको मृत्यु

बाग्लुङ्ग–लगातारको वर्षासँगै आएको पहिरोमा परेर बाग्लुङ्गमा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।

लगातार परेको वर्षासँगै सोमबार राति १२ बजे तिर पहिरो जाँदा बरेङ गाउँपालिका–१ धुल्लुबाँस्कोटको लुरुङमा पुरिएर तीनजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाग्लुङ्गका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक विश्वराज सिंह थापाले जानकारी दिए ।

पहिरोमा परेर ज्यान गुमाउनेमा ४० वर्षका विष्णुबहादुर क्षेत्री, उनकी श्रीमती ३५ वर्षकी विष्णुमाया तथा उनीहरुकी नाबालिका छोरी सोनियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोनिया ३ देखि ६ महिनाको हुन सक्ने प्रहरीको अनुमान छ । राति सुतिरहेका बेला पहिरो गएकाले घरमा रहेका सबैको ज्यान गएको हो । बिहानै प्रहरी टोली त्यहाँ गएर खोजी तथा उद्धारको काम गरेको छ । पहिरोमा पुरिएर पशुचौपाय पनि मरेका छन् ।

असार १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्