विश्वकप २०१८ : गोल

यो विश्वकपमा अहिलेसम्मका उत्कृष्ट १२ गोल

रुसमा जारी विश्वकप फुटबलको यो संस्करणमा अहिलेसम्म ९२ वटा गोल भइसकेको छ । समूह चरणको अन्तिम लहरका खेलहरु अहिले चलिरहेका छन् ।

अहिलेसम्म केही यस्ता गोल भएका छन्, जसलाई उत्कृष्टताको क्रममा अघिल्लो सूचिमा राख्न सकिन्छ । यस्तो गोलले विश्वभरका फुटबल प्रेमीको मन तानेको छ । कुनै गोलले त दर्शकको आँखा र मुख दुवै खुल्लै हुने अवस्था पनि सिर्जना गरेका छन् ।

यी नै गोल मध्येबाट प्रतियोगिताको उत्कृष्ट गोल छानिने सम्भावना पनि छ । यो विश्वकप फुटबलमा अहिलेसम्म भएका १२ उत्कृष्ट गोल यस्ता छन् ।

१) उद्घाटन खेलमा रुसका डेनिस चेरिशेभले साउदी अरेबिया विरुद्ध गरेको गोल

२) पोर्चुगलसँगको खेलमा स्पेनका नाचोले गरेको गोल

३) स्पेनसँगको खेलमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले गरेको गोल

४) स्वीट्जरल्याण्डसँगको खेलमा ब्राजिलका फिलिप कोन्टिन्होले गरेको गोल

५) पानामासँगको खेलमा बेल्जियमका ड्रिएस मर्टेन्सले गरेको गोल

६) जापानसँगको खेलमा कोलम्बियाका आन क्विन्तेरोले गरेको गोल

७) इजिप्टसँगको खेलमा रुसका अर्तेम डिज्युबाले गरेको गोल

८) अर्जेन्टिनासँगको खेलमा क्रोएसियाका लुका मोड्रिकले गरेको गोल

९) आइसल्याण्डसँगको खेलमा नाइजेरियाका अहमद मुसाले गरेको गोल

१०) स्वीडेनसँगको खेलमा जर्मनीका टोनी क्रसले गरेको गोल

११) पानामासँगको खेलमा इंग्ल्याण्डका जेसी लिङ्गार्डले गरेको गोल


१२) इरानसँगको खेलमा पोर्चुगलका रिकार्डो क्वरिज्माले गरेको गोल

नोट : यी सबै भिडियो फिफाको युट्युब च्यानलबाट इम्बेड गरिएकाले हेर्नका लागि भिडियोमा क्लिक गरेर युट्युबमै जानु पर्छ ।

असार १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्