पुल निर्माणमा ठेक्केदारको चरम लापरबाही

दुई वर्षमा बन्‍ने पुल चार वर्ष बित्दा समेत बनेन

कटुवा खोला र बबई नदीमा बन्दै गरेको पक्‍की पुल। यी पुल निर्माणमा ढिला सुस्ती हुदा दाङ उपत्यका भित्रने यात्रु तथा सवारी साधनले सास्ती खेप्नु परेको छ। वर्षामा बाढी आउँदा झनै समस्या हुने गरेको छ। तस्बिरः दशरथ घिमिरे/देश सञ्‍चार

दाङ-वर्षा सुरु भयो। खोलाहरुमा भेल बढ्दा दाङ उपत्यका टापु जस्तै बन्छ। दुई/तीन घण्टाबीच बाटोमै रोकिनुपर्छ। यो समस्या यस वर्ष पनि दोहोरिने निश्चित जस्तै छ। किनभने चार वर्ष अघिबाट बन्‍न थालेका पुल अझै सम्पन्‍न भइसकेको छैन।

‘दाङ सुगम जिल्ला हो। तर, वर्षामा भने टापुमा बसे जस्तै अनुभव हुन्छ। दाङ उपत्यकामा प्रवेश गर्‍यौ भने घोराही र तुलसीपुर पुग्न आधा दर्जन खोलाहरु तर्नुपर्छ ’ शनिराम चौधरीले भने–‘सुगम जिल्लामा बसेर पनि वर्षामा यात्रा गर्दा हिचकिचाउनु पर्छ।’

लमही–घोराही–तुलसीपुरसम्मका खोलाहरुमा पानीका पुल (कजवे) बनेका थिए। कजवे हटाएर ६ वटा खोलामा पक्की पुल बनाउन थालिएको हो। सुन्दा अचम्म लाग्न सक्छ। यी खोलाहरुमा पुल बनाउन थालेको ४ वर्ष बिते पनि प्रगति विवरण भने कछुवाको गतिमा सुस्त छ।

बबई खोलादेखि ग्वार खोलासम्म ६ वटा पुल बन्दै छ। ५ वटा पुल निर्माण सुरु भएको ४ वर्ष अघिदेखि हो भने ग्वार खोलाको पुल यसै वर्षबाट बन्‍न थालेको छ।

करीब साढे ११ करोडको लागतमा निर्माण हुन लागिएको बबई खोला पुलको सम्झौता भएको २ वर्ष नाघिसक्‍यो। तर काम भने ३० प्रतिशत मात्रै सम्पन्न भएको छ। ०७२ साल १० महिना २५ गते अनक बज्रग्रुप जेभीले ०७५ साल ४ महिना १६ गतेसम्म निर्माण सम्पन्‍न गरिसक्नु पर्ने अवधि तोकेको हो। तर, सो अवधि आउनै लाग्दा भने कामको चाङ भने निक्‍कै माथि छ। यसले अब बन्‍नेस्थितिमा पुगिसकेको छ भने कटुवा खोलाको पुलको अवस्था पनि उस्तै छ।

कटुवा खोला र बबई नदीमा बन्दै गरेको पक्‍की पुल। यी पुल निर्माणमा ढिला सुस्ती हुदा दाङ उपत्यका भित्रने यात्रु तथा सवारी साधनले सास्ती खेप्नु परेको छ। वर्षामा बाढी आउँदा झनै समस्या हुने गरेको छ। तस्बिरः दशरथ घिमिरे/देश सञ्‍चार

०७१ साल भदौ ११ गते निर्माण सुरु गरेको पुलको काम ढलाई सकिएमा ९० प्रतिशत काम सम्पन्न हुन्छ। सडक डिभिजन कार्यालय दाङका प्रमुख बद्री शर्माले कटुवा खोला पुलको मंगलबार ढलाईको काम हुदैछ।

यो पुल सम्पन्न गर्नुपर्ने अवधि ०७४ असोज सम्म थियो। तर, दुई वर्ष भन्दा बढि समय वित्दा समेत पुल सम्पन्न हुन सकेको छैन्। यो पुलको लागत ४ करोड १० लाख ७५ हजार रुपैया छ।

८ करोड ३५ लाखको लागतमा वज्रगु्रप कन्ट्रक्शन प्रालिले निर्माण गर्न लागिएको गुज्रे खोला पुल ०७२ साल १० महिना १७ गते देखी निर्माण सुरु गरेको २ वर्ष सम्ममा ३० प्रतिशत मात्रै कार्य सम्पन्‍न भएको छ।

त्यस्तै शंकरमालि निर्माण सेवा कम्पनीले ४ करोड ३७ लागतमा ०७१ साल भदौ ११ गते वाट निर्माण सुरु गरेको पत्रेखोला पुल निर्माणको अवस्था पनि उस्तै छ। पुल निर्माण सम्वन्धि निर्माण कम्पनीलाई ज्ञान नहुदा ढिलाई भएको सडक डिभिजन कार्यालय दाङका प्रमुख बद्री शर्माले बताए।

‘आर सीसी पुल होईन्, नयाँ प्रविधिबाट अहिले पुल बनिरहेका छन्। निर्माण कम्पनीले आरसिसि पुल जस्तैगरी ढिला सुस्ती गरे। त्यसको असर अहिले देखिएको छ’शर्माले भने–‘प्रि स्टेस पुल हो।

पुल बन्दै गर्दा प्रेसरमा राखेर पुल वनाईन्छ। यसमा चाहिने सामाग्रिहरु पनि नेपालमा नपाईएकाले भारतबाट ल्याउनु पर्दा समय गुज्रीयो, पुलको काम नभएको होईन, तर समयमा सकिएन।’

सवैको दवावले गर्दा अहिले पुल निर्माण कार्यले गति लिएपनि यो वर्ष पुल सञ्चालनमा आउन नसक्ने उनले बताए।‘वर्षाको मौसम छ। यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गर्छु’उनले भने–‘ड्राभर्सन निर्माण गर्न हामिले ठेकेदारलाई भनिसकेका छौं।’

असार १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्