पूर्व राजा ज्ञानेन्द्र नेपालगञ्ज जाने, जन्मदिन उतै मनाउने

फाइल फोटो

काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाह आउँदो हप्ता नेपालगञ्ज भ्रमणमा जाने उनको निजी सचिवालय स्रोतले जानकारी दिएको छ । पूर्व राजा ज्ञानेन्द्रको साथमा श्रीमती कोमल पनि रहने जनाइएको छ ।

उनीहरु नेपालगञ्जको सोल्टी होटलमा बस्ने उनको निजी सचिवालय स्रोतले जनाएको छ । ज्ञानेन्द्रले जन्मदिन नेपालगञ्जमै मनाउने तयारी छ । उनी असार २३ गते ७१ वर्ष पुग्दैछन् । उनको जन्म २००४ साल असार २३ गते भएको हो ।

असार १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्