आज पनि मन्त्रीले संसदमा जवाफ दिने

काठमाडौं– प्रतिनिधिसभाको बुधबारको बैठकमा पनि विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ मन्त्रीले दिदै छन् ।

बुधबार संघीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास, वन तथा वातावरण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले आफ्नो मन्त्रालगस“ग सम्बन्धित उठेका प्रश्नको जवाफ दिनेछन् ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि, ऊर्जा, जलस्रोत तथा सिचाईं, परराष्ट्र, गृह, स्वास्थ्य, जनसंख्या र रक्षा मन्त्रीले पनि जवाफ दिने कार्यसूची छ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

असार १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्