३० दिनभित्र आप्रबासी बालबालिकालाई अभिभावकसँग मिलाउन अदालतको आदेश

अमेरिकाको एक अदालतले अभिभावकबाट छुट्याइएका सबै आप्रबासी बालबालिकालाई बुवा–आमासँग पुर्नमिलन गराउन आदेश दिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अवैध आप्रबासीमाथि शून्य सहनशीलता नीति अन्तर्गत अवैध रुपमा अमेरिका प्रवेश गरेका व्यक्तिलाई पक्राउ गरेर कैदमा राख्न थालेको थियो । त्यस क्रममा बालबालिकालाई अभिभावकबाट छुट्याइएको थियो ।

क्यालिफोर्नियाको संघीय अदालतका न्यायाधीशले निर्देशात्मक आदेश जारी गर्दै अबको ३० दिन भित्र बालबालिकालाई परिवारसँग पुनर्मिलन गराउन आदेश दिएका हुन् ।

मेक्सिकोसँग सीमा जोडिएका विभिन्न १७ राज्यले अवैध आप्रबासीका छोराछोरीलाई छुट्याएका थिए । वासिङ्गटन, न्युयोर्क र क्यालिफोर्नियाका डेमोक्र्याटिक न्यायाधीवक्ताले परिवार विभाजन विरुद्ध मुद्धा दर्ता गरेका थिए ।

अदालतको आदेश ट्रम्प प्रशासनका लागि धक्का हो । अहिलेसम्म २३ सय भन्दा धेरै आप्रबासी बालबालिका अभिभावकबाट बिछोडिएका छन् ।

असार १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्