चार देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं – चार देशका राजदूतले बुधबार एक्कैपटक आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष बुझाएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राजदूतहरुले प्रमाणपत्र बुझाएका हुन् ।

प्रमाणपत्र बुझाउनेमा नेपालका लागि जापानी राजदूत मासामिचि साइगो, ट्युनिसियाका नैमेडालिकाल, डेनमार्कका पिटर टेक्सर जनसन र भेनेजुएलाका अगस्तो मोंटियलले प्रमाणपत्र बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।

जापान बाहेक अरु राजदूत गैर आवासीय हुन् ।

असार १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्