ट्यांकरसँग ठोक्किँदा मोटरसाइकलको पछाडि बसेकी युवतीको मृत्यु

पोखरा- पोखराको मालेपाटनमा पानी ट्याङ्क‍रमा मोटरसाइकल ठोक्किँदा एक जना युवतीको मृत्यु भएको छ।

ग १ ख २८९६ नम्बरकोे ट्याङ्करमा फिर्केबाट जिरोकिलोमिटर जाँदै गरेको ध १ प ५०२१ नम्बरको मोटरसाइल ठोक्किँदा बाइकमा सवार म्याग्दी दानाकी २५ वर्षीया वृन्दा थापाको मृत्यु भएको हो। मोटरसाइकल चालक म्याग्दी बरंजाका २४ वर्षीय धन बहादुर छन्त्याल घाइते भएका छन् उनलाई उपचारकालागि मणिपाल अस्पतालमा लगिएको छ।

घटनामा संलग्न ट्यांकरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख ऐन बहादुर मल्लले जानकारी दिए ।

असार १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्