ब्राजिल र स्विट्जरल्यान्ड दोस्रो चरणमा प्रवेश

काठमाडौँ-  समूह ईबाट ब्राजिल र स्विट्जरल्यान्ड टप १६ मा प्रवेश गरेका छन्। ब्राजिल समूह विजेता बनेको छ भने कोस्टारिकासँग खेल बराबरी गरेको स्विट्जरल्यान्ड समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो।

पहिलो चरणको तेस्रो खेलमा ब्राजिलले सर्बियासँग दुई गोलको विजय हात पारेको हो। ब्राजिलले २ गोल गर्दा सर्बियाले कुनै स्कोर गर्न सकेन।

उता स्वीट्जरल्याण्डले कोस्टारिकासँग २-२ को खेल खेलेको छ।

ब्राजिलका पाउलिन्होले खेलको ३६ औँ मिनेटमा पहिलो गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए। त्यस्तै खेलको ६८ औँ मिनेटमा ब्राजिलका थिएगो सिल्भाले ब्राजिलका पक्षमा दोस्रो गोल गरेका थिए।

स्विट्जरल्यान्डका ब्लेरिम डिजेमेलीले खेलको ३१ औँ मिनेटमा पहिलो गोल गरेका थिए भने कोस्टारिकामा केन्डल वास्टनले खेलको ५६ ओँ मिनेटमा गोल गरेर खेललाई बराबरीमा पुर्‍याएका थिए। उता स्विट्जरल्यान्डका जोसिप डिर्मिकले ८८ औँ मिनेटमा गरेको गोलले कोस्टारिकाबिरुद्ध अग्रता लिएको थियो। तर, कोस्टारिकामा यान सोम्मरले ९३ औँ मिनेटमा गरेको गोलले खेल २-२ को बराबरीमा अन्त्य गरेको थियो।

असार १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्