क्रिष्टियानो रोनाल्डोको नजर अब राष्ट्रपतिमा !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोका बारेमा मजाक गरेका छन् ।

अमेरिका भ्रमणमा रहेका पोर्चुगलका राष्ट्रपति रिबेलो डी सोसासँगको भेटको क्रममा ट्रम्पले रोनाल्डोबारे कुरा गरेका हुन् । ट्रम्प र सोसाबिच ह्याइट हाउसमा अनौपचारिक गफको क्रममा बुधबार रुसमा जारी विश्वकपका बारेमा कुरा निस्किएको इफे न्युजले जनाएको छ ।

ट्रम्प र सोसाबिचको पहिलो भेटको क्रममा रुस र त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनका बारेमा कुराकानी भयो । त्यो बेला यदि अब पुटिनसँग भेट भएमा पोर्चुगलको फुटबलका बारेमा कुरा गर्न नभुल्ने ट्रम्पले बताए ।

त्यसमा सोसाले पोर्चुगलमा विश्वका उत्कृष्ट खेलाडी क्रिष्टियानो रोनाल्डो रहेको नभुल्न भने । सोसाले ट्रम्पसँग भने, ‘नर्बिनु होला कि पोर्चुगलसँग विश्वका उत्कृष्ट खेलाडी छन्, जसको नाम क्रिष्टियानो रोनाल्डो हो ।’

ट्रम्पले विश्वकपमा पोर्चुगलले राम्रो गरिरहेको थाहा पाए । त्यसपछि उनले रोनाल्डो ‘कति उत्कृष्ट हुन्’ भनेर सोधे ।

जब सोसाले भने कि ‘रोनाल्डो विश्वका उत्कृष्ट खेलाडी हुन्’, त्यसपछि ट्रम्पले भने, ‘उसो भए अब चुनावमा राष्ट्रपतिमा रोनाल्डोले तपाईंलाई चुनौती देलान् । तर नआत्तिनु उनले जित्दैनन्, तपाईंले नै जित्नु हुन्छ ।’

त्यसको जवाफमा सोसाले ‘राष्ट्रपति ज्यू, तपाईंले केही थाहा पाउनु भयो । तर पोर्चुगल अमेरिका जस्तो होइन । केही फरक छ ।’

असार १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्