अर्जुन कपूरले विवाह गर्लान्?

भारतीय अभिनेताको जमातमा परिचित नाम हो अर्जुन कपूर। गुण्डे, टु स्टेस्ट, इशकजाँदे लगायतका सफल चलचित्रमा अभिनय गरेर आफूलाई स्थापित गरिसकेका छन्।

आफ्नो कलाकारिताले सबैको मन जितेका अर्जुन अहिले सम्म सिंगल छन्। अर्जुनलाई माया गर्ने धेरै युवति फ्यानहरु पनि छन्। ३३ वर्षका कपूरलाई विवाहको सुझाव पनि आउने गरेको छ।

यस्तैमा उनको हजुआमाले अर्जुनलाई चाँडै विवाह गर्नको लागि पत्र लेखेकी छन्। अर्जुन कपूरले आफ्नो इन्स्टाग्राममा उपहार सहित आएको सन्देशलाई शेयर गरेका छन्।

सन्देशमा लेखिएको छ, ‘अर्जुन कपूरको लागि’ हजुआमाको माया सहित,’ र सँगै भनिएको छ, ‘चाँडै विवाह गर।’

‘फ्रम मिसेस निर्मल एण्ड कपूर।’

अर्जुनले फोटो शेयर गर्दै लेखेका छन्, ‘जब हजुआमाको उपहार, अनुरोध र आदेश सहितको एकैपल्ट उपहार आउँछ।’  उनले हजुरआमालाई मेन्सन गर्दै लेखेका छन्, ‘बोस–ग्रेन्डमा’

हजुरआमाको आदेशपछि उनले साँच्चै विवाह गर्छन् कि गर्दैनन् त्यो चाँहि हेर्न बाँकि छ।

असार १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्