विश्वकप २०१८ : को बाहिरिए, को अघि ?

अन्तिम १६ समिकरण, यस्तो छ प्रतिस्पर्धा

रुसमा जारी विश्वकप फुटबलमा समूह चरणका खेल सकिएका छन् । योसँगै नकआउट चरणको समिकरण पनि पूरा भएको छन् ।

समूह चरणका खेल सकिँदा पहिलो पटक विश्वकप खेलेका आइसल्याण्ड तथा पानामा अनि साबिक विजेता जर्मनीसहित १६ टिम बाहिरिएका छन् ।

अरु १६ टिम अघिल्लो चरण आइपुगेका छन् वा भनौँ उनीहरुको विश्वकप यात्रा र उपाधि सपना बाँकी रहेको छ । अब शनिबारदेखि नकआउट चरणका खेल सुरु हुनेछन् । विश्वकपको गर्मी थप बढ्दै गएको छ ।

कुन कुन टिम अन्तिम १६ मा


समूह ए

उरुग्वे (समूह विजेता)
रुस (समूह उपविजेता)
बाहिरिएका टिम : साउदी अरेबिया र इजिप्ट

समूह बी

स्पेन (समूह विजेता)
पोर्चुगल (समूह उपविजेता)
बाहिरिएका टिम : इरान र मोरक्को

समूह सी

फ्रान्स (समूह विजेता)
डेनमार्क (समूह उपविजेता)
बाहिरिएका टिम : पेरु र अस्ट्रेलिया

समूह डी

क्रोएसिया (समूह विजेता)
अर्जेन्टिना (समूह उपविजेता)
बाहिरिएका टिम : नाइजेरिया र आइसल्याण्ड

समूह ई

ब्राजिल (समूह विजेता)
स्वीट्जरल्याण्ड (समूह उपविजेता)
बाहिरिएका टिम : सर्बिया र क्रोएसिया

समूह एफ

स्वीडेन (समूह विजेता)
मेक्सिको (सूमह उपविजेता)
बाहिरिएका टिम : दक्षिण कोरिया र जर्मनी

समूह जी

बेल्जियम (समूह विजेता)
इंग्ल्याण्ड (समूह उपविजेता)
बाहिरिएका टिम : ट्युनिसिया र पानामा

समूह एच

कोलम्बिया (समूह विजेता)
जापान (समूह उपविजेता)
बाहिरिएका टिम : सेनेगल र पोल्याण्ड

अन्तिम १६ का खेल शनिबारदेखि सुरु हुँदैछन् । हरेक दिन दुईवटा खेल हुनेछन् । चार दिनको खेलपछि अन्तिम ८ मा पुग्ने टिमको टुंगो लाग्ने छ ।

अन्तिम १६ मा कसको प्रतिस्पर्धी को ?


शनिबार (जुन ३०)

फ्रान्स भर्सेस अर्जेन्टिना (बेलुका पौने ८ बजे)
उरुग्वे भर्सेस पोर्चुगल (राति पौने १२ बजे)

आइतबार (जुलाइ १)

स्पेन भर्सेस रुस (बेलुका पौने ८ बजे)
क्रोएसिया भर्सेस डेनमार्क (राति पौने १२ बजे)

सोमबार (जुलाइ २)

ब्राजिल भर्सेस मेक्सिको (बेलुका पौने ८ बजे)
बेल्जियम भर्सेस जापान (राति पौने १२ बजे)

मंगलबार (जुलाइ ३)

स्वीडेन भर्सेस स्वीट्जरल्याण्ड (बेलुका पौने ८ बजे)
कोलम्बिया भर्सेस इंग्ल्याण्ड (राति पौने १२ बजे)

असार १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्