विराटनगर मन्त्रीले रोपे धान, धान रोपाइँ हुने क्षेत्र घट्यो

विराटनगर– विराटनगरमा शुक्रबार धान दिवस मनाइएको छ। प्रदेश नम्बर १ का समाजिक विकास मन्त्री जीवन घिमिरे लगायतले धान रोपेर धान दिवस मनाइएको छ। दिवसको अवसरमा मन्त्री घिमिरेले कृषक तथा नेपालीहरुलाई महत्वपूर्ण दिनको रुपमा रहेको बताएका छन्।

विराटनगरको वडा नम्बर १० मा आयोजना गरिएको धान रोपाई कार्यक्रममा सहभागी मन्त्री घिमिरेले आफ्नो संस्कृतिलाई जगेर्ना गर्नुका साथै धान रोपाइ सुरु भएको जनाउ दिने बताए।

स्थानीय गणेश पुस्ताकालय तथा पतञ्जली योग समिति विराटनरले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेको हो ।

धान खेती हुने जमिन मासियो


क्षेत्रीय कृषी निर्देशनालयका अधिकृत राजेन्द्र उप्रेतीले पछिल्लो एक दशकमा  मोरङ जिल्लामा धानयोग्य खेती हुने करिब १० हेक्टर क्षेत्रफल मासिएको बताए । १० वर्षअघि मोरङ जिल्‍लामा ९४ हजार हेक्टर क्षेत्रफलमा रोपिन्थ्यो भने, हाल उक्त क्षेत्रफल कम हुदै ८४ हजार हेक्टर क्षेत्रफलमा सिमीत भएको छ।

बसाईसराई, जग्गा प्लटिंग, माछापालन पोखरी निमार्ण, उखु खेती लगायतका कारण धान उत्पादन क्षेत्रफलमा कमी आउदै गएको हो। मोरंगमा विषेशतः हिउदे, चैते र वर्षे गरि तीन समय धान खेती हुन्छ। अधिकृत उप्रेतीका अनुसार पूर्वाञ्चलमा रन्जीत जातको धान सर्वाधिक रुपमा खेती गरिन्छ ।

त्यसैगरि, स्वर्णा सबवान, राधाबारा, सुखा एक दुइ र तीन, बासमती, मन्सुली, कान्छी मन्सुली लगायत उत्पादन गरिन्छ । स्वर्णा सबवान जातको धान, बाढीले आठ दसदिन डुबानमा परेपनि नष्ट नहुने, र सुखा एक, दुइ र तीन जातको धानलाई कम पानी वा आकाशे पानीको भरमा पनि खेती गर्न सकिने उनले बताए ।

असार १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्