मेरो माटो, मेरो चन्दन (अनुभव र अनुभूतिको श्रृंखला-३०)

म किन मन्त्री भएँ ?

अहिले फर्केर हेर्दा मलाई ब्रिटिस काउनसिलको डाक्टर उडले गरेको भविष्यवाणी कसरी मेरो लागि लागु भयो अचम्म लाग्छ । तालिम सिद्धाएर नेपाल फर्कने बेलामा बिदावारी हुन ब्रिटिस काउनसिलमा जाँदा उहाँले मलाई भन्नुभएको थियो, ‘तिमी कुनै दिन आफ्नो देशको मन्त्री हुन सक्छौँ ।

किनभने विकासोन्मुख मुलुकका ब्रिटिस स्कलर्सहरु यहाँबाट तालिम लिएर गएपछि जो राम्रो गर्छन्, उनीहरुलाई त्यहाँको सरकारले रिकोग्नाइज गरेर ‘यसले अझ राम्रो गर्छ भनेर मन्त्री बनाएको घटनाहरु थुप्रै छन् । थुप्रै अफ्रिकन देशमा त्यस्तो भएको छ पहिला । नेपाल पनि त्यस्तै खालको देश भएको भएर तिमिलाई पनि कुनै बेलामा त्यो अवसर आउँन सक्छ। तिम्रो चरित्र, ट्रेनिङको ब्याकग्राउण्डले हेर्दा एकदम राम्रो गर्ने छौँ त्यहाँ । काममा राम्रो गरेपछि मन्त्री बनाँउदा अझै राम्रो गर्ला यसले भनेर मन्त्री बनाउन बेर छैन ।’

विज्ञापन

अन्तिममा आएर एक किसिमले त्यो चरितार्थ भयो।

त्यो बेलामा देशमा अनौठो खालको परिवेश थियो। एकातिर माओवादि आन्दोलन जंगली आगो जसरी फैलिरहेको थियो । त्यसलाई नियन्त्रण गर्नुको साटो राज्यको हरेक क्रियाकलापले आन्दोलनलाई झन् उर्जा थपिरहेको थियो। विभिन्न किसिमका सरकार बनेँ, ढलेँ ।

त्यो बेलामा दरबार हत्याकाण्ड पनि भयो। राजा विरेन्द्रको वंश नाश भयो। त्यसपछि स्थापित सरकारको नैतिक बैधतामाथि प्रश्न गर्ने मानिसहरु पनि निस्किए । त्यसले गर्दा देशमा असाध्यै तरल अवस्थाको सिर्जना भएको थियो ।

त्यो बेलामा मलाई एप्रोच भयो, दरबारको कुनै एउटा क्षेत्रबाट, राजनीतिक व्यक्तिहरुको सरकारबाट समस्या सुल्झनुको साटो झन् बल्झियो । उनीहरुको व्यक्तिगत स्वार्थ पनि त्यसमा लुकेको हुने रहेछ। त्यसकारण यो पटक यो समस्या सुल्झाउनको लागि भएपनि, भोलि गएर चुनाव लडेर मन्त्री हुने प्रधानमन्त्री हुने लोभ नराखेका, आकांक्षा नराखेका टेक्नोक्राटहरु र विशेषज्ञहरुको सरकार बनाएर यतातीर जनातालाई राहत दिँदै उतातिर माओवादिसँग वार्ता गरेर समस्या सुल्झानुपर्ला।

तपाईंले यसमा सहयोग गरिदिए हुन्थ्यो भन्ने खालको भावना त्यताबाट आयो ।

त्यो बेलामा मैले एक्लै पनि निर्णय गरिन। विशेषगरी मेरा नजिकका एमालेका आफूभन्दा केहि जेठा स्थापित नेतृत्वका व्यक्तिहरुसँग पनि मैले यो एजेन्डा राखेँ । म छोटो समय धेरैमा दुई वर्षको लागि सरकारमा गएर सहयोग गर्नुपर्ने जस्तो अवस्था छ । तपाईंहरुको विचार के छ भनेर परामर्श पनि लिएँ । उहाँहरुले, ‘राम्रो कुरा हो गर्नुपर्छ, देशमा शान्ति स्थापना भयो भने धेरै ठूलो उपलब्धि हुन्छ भन्नुभयो। उहाँहरुबाट पनि त्यहि सल्लाह पाएँ।

त्यसपछि पाँचवटा निश्चित एजेन्डा भएको मन्त्री मण्डलमा सहभागी भएर सहयोग गर्ने निर्णय गरेँ मैले। यतातिर लामो समयसम्म न्यूरोसर्जरी छोडेर जाँने मेरो अवस्था थिएन। म दुई वर्ष भन्दा बढि बस्न सक्ने समय पनि म सँग थिएन। सर्जरीबाट बाहिर जान सक्ने बेला थिएन। किनभने इन्सिच्युट बनाउन बाँकि नै थियो। पोस्ट ग्राजुयट प्रोग्राम स्टिमुलेट गर्न बाँकि नै थियो । सुरु भएको थियो तर प्रोडक्टहरु आइसकेको थिएन । मेरो आवश्यकता अझै पनि न्यूरोसर्जरीमा टड्कारै थियो ।

अनि मैले सम्बन्धित पक्षलाई राँखेर ‘म दुई वर्ष भन्दा बढी समय दिन सक्दिन, दुई वर्ष सम्म चाहिँ मेरो उपस्थितिले शान्ति स्थापना गर्न मद्दत गर्छ भने म जरुर देशको लागि समर्पित छुँ भनेर म मन्त्रीपरिषद्मा शामिल भए ।

यो राजनीति भन्ने कुरा बडा अनौठो हुँदो रहेछ। राजनीतिक शक्तिको नजिक कोही गयो भने, चाँहे त्यो जस्तोसुकै पवित्र उद्देश्यले गएको होस्, अरु राजनीति गर्ने मान्छेहरुबाट स्वतः हिलो छ्याप्ने काम हुँदो रहेछ। जुन किसिमको आवश्यक अनावश्यक प्रचार दुस्प्रचार गरियो मेरो मन्त्रीत्वको विषयमा त्यो खेदपूर्ण छ। किनभने म राजनीति नै गरेर गएको भए म मन्त्री भन्दा माथिको हैसियत राख्ने मान्छे हुँ ।

स्कूलबाटै मैले राजनीति सुरु गर्दाखेरी राजनीतिको ‘र’ नजान्ने मान्छेहरु त्यो बेलामा राष्ट्रिय राजनीतिमा स्थापित भई चर्चित भइसकेको बेलामा म राजनीतिलाई नै मुख्य पेशा बनाएर मन्त्री, प्रधानमन्त्री हुँने उद्देश्य राखेको भए म २०४५/४६ सालमा नै कहाँबाट कहाँ पुगिसकेको हुन्थेँ। यहाँ बताइरहनु नपार्ला। म सामान्यतया एउटा उद्देश्यमा लागेपछि जतिसुकै बिघ्नबाँधा आइपरेपनि नछोड्ने मान्छे हुँ। त्यसैले एउटा परिस्थितीमा मन्त्री बनेँ।

केटाकेटी बेलामा सात कक्षामा पढ्दाखेरी एउटा सँस्कृतको श्लोक पढेको याद छ। म बारम्बार भन्ने गर्छु, कोर्सको किताबहरु अरु नम्बर ल्याउन पढ्छन्। म कोर्सको किताबबाट पाएका दुईचारओटा सानहरुलाई जीवनको मार्गदर्शक सिद्धान्तको रुपमा ग्रहण गर्ने गर्छु। त्यो सात क्लासको सँस्कृतको श्लोकमा भनिएको कुराको तात्पर्य के छ भने, तीन किसिमका मान्छेहरु हुन्छन् ।

१. उत्तम खालको
२. मध्यम खालको
३. अदम खालको

अदम खालको मान्छे चाहिँ केही काम गर्नुभन्दा पहिला त्यसले बिघ्नबाधा मात्र देख्छ। ऋणि त्यसको डरले काम नै सुरु गर्दैन। उसले भात खाँदाखेरी पनि सर्किएको, नुन चर्को भएको, भोलिपल्ट अपच भएको सोँचेर सकेसम्म भात नखाएहुँथ्यो भन्ला। त्यस्तो खालको अदम मान्छे हुन्छ, बिघ्न बाधाको डरले काम सुरु नै गर्दैन। धेरै जसो मध्यम खालका हुन्छन्, जसले काम सुरु गर्छन्, अनि बिचमा गयो, एउटा दुईओटा बिघ्न बाधा देख्ने बित्तिकै यो काम त नहुने रहेछ भनेर छोडेर हिँड्छन्।

तर उत्तम खालको मान्छे चाहिँ, काम सुरु गर्नुभन्दा पहिले विश्लेषण गर्छ। ठीक काम हो भन्ने सम्झिएपछि त्यो काम सुरु गर्छ । जति सुकै बिघ्नबाधा आइपरेपनि त्यो काम पुरा नगरिकन छोड्दैन। म सात कक्षामा यति बुझेको मान्छे, अधम सोँचको हुन सक्दैन। आफूले हात हाँलेको सबै कुरामा सफल नै हुने प्रण गर्छ म जस्ताले। यो मैले भन्नुको तात्पर्य के हो भने, मैले आफूले हात हालेको कुरामा बिघ्नबाधा आइपरेपनि पछि हट्दिदन भन्ने सोँचे नभईकन हात हाल्दिन एक नम्बर र हात हालिसकेपछि म छोड्दा पनि छोड्दिन। त्यो मैले १२, १३ वर्षको बेलादेखि गरेको अठोट हो।

यसमा पनि मैले के देखेको थिए भने, यदि राजनीतिमा म गएको भए, धेरे पहिलादेखि नै म राजनीतिमा गएर राजनीतिक पदमा जान्थेँ। तर चिकित्सक हुँदा हुँदै देशको लागि केही गर्ने परिस्थिती सिर्जना भयो, त्यसबाट पछाडि हट्ने कुरा म बाट आएन। मैले दुईवर्ष टाइम अफ लिएर, म सहयोग गर्न सक्छु भनेर मैले स्वीकार गरेको हो।

त्यो बेलामा अनौठो कुरा के भयो भने, मलाई कतैबाट भनिनुुभन्दा पहिला या त्यो क्याबिनेट अनाउन्स हुने दिन बिहान आठ बजेतिर म घरमा ब्रेकफास्ट गरेर हस्पिटल जान तयार भइराखेको बेलामा नेपालको धेरै चासो राख्ने एक महिलाले फोन गरिन्। पोलिटिकल सर्कलको धेरै नजिक थिइन् उनी सिंगापुरबाट। उनले हामीलाई सामान पनि डोनेट गराको थिइन्। दशैँ अगाडिको समय थियो त्यो।

उनले फोन गरिन मलाई, फोन गरेर भनेकै यहि हो, ‘ह्वाट इज दिस? आइ हियर द्याट यु आर गोइङ् टु वी अ भेरी सिनियर मेम्बर इन द किङ्ग मिनिस्ट्रि, मेबि अ केयर टेकर प्राइम मिनिस्टर’। मलाई त्यो बेलामा केहि पनि थाहा थिएन। एन्जेला नाम हो उनको, नेपाल आउँने जाने गर्थिन्। अनि मैले भने, ‘एन्जेला मलाई केहि पनि थाहा छैन।’ त्यो चर्चा भइरहेको भन्ने मलाई त्यसपछि थाहा भयो।

अनि मलाई दिउँसो फोन आयो। एक बजे दुई बजेतीर, दरबारका सचिवबाट। ‘ देशको यस्तो यस्तो परिस्थितीमा पाँचओटा एजेन्डा छ, यसलाई कार्यान्वयन गर्नको लागि एउटा विशेषज्ञहरुको क्याबिनेट बनाउने निर्णय भएको छ सरकारबाट। डाक्टरसाबको त्यसमा सहभागितको लागि अनुरोध गरिएको छ।’ भनेँ। त्यसपछि मैले ‘मलाई आधा घण्टा सल्लाह गर्न दिनुहोस्’ भनेँ।

त्यो आधाघण्टाको समयमा मैले श्रीमतीसँग सल्लाह गरेँ। मैले भनेँ, ‘मैले दुई वर्षको लागि बिदा लिनु पर्छ। दुई वर्षसम्म अहिलेसम्मको सेभिङ्को रकमबाट घर चलाउनुपर्छ। यहि बिचमा अस्पतालको कन्सट्रक्सन पनि सिद्धिन्छ। म मन्त्रीबाट फर्केर इन्सिच्युटमा काम गर्न थाल्ने हो। दुई वर्षको समय मात्र लिन्छु म।’ श्रीमतिले हुन्छ भन्नुभयो। अनि मैले निर्धारित समयमा फोन आउँदाखेरी मैले ‘दुई वर्षको लागि हुन्छ भनेँ।

मलाई एउटा कुरा स्पष्ट पार्न मन लागेको छ। पहिला राजा विरेन्द्रको पालामा, सार्क न्यूरो कन्फ्रेन्स उद्घाटनको बेलामा दरबार वरपरको मान्छेको भूमिका मलाई त्यति चित्त बुझेको थिएन। उनीहरुको भूमिकाले दरबारलाई राज संस्था र राजालाई राम्रो बनाउनुको साटो जनताको अगाडि ‘अनपपुलर’ बनाउने काम गरिरहेको मैले महशुस गरेको थिए।

जस्तो राजा बिहान ८ बजे उद्घाटन गर्न तयार भएको उनैले भनेँ मलाई। त्यहाँको कर्मचारीले किन ११ बजेभन्दा अगाडि सरकारलाई कष्ट नदिनुस् भनेँ। सरकारले आराम गर्नुपर्छ भन्दा मेरो अगाडि अल्छि राजाको एउटा इमेज प्रोजेक्ट गरिरहेको थियो।

मैले देख्दाखेरी मेरो राजा त ११ नबजी उठ्दैन। ११ बजे उठेर चिया खान्छ अनि काम गर्न थाल्छ भन्ने जस्तो देखियो। वास्तविकतामा राजा त धेरै पहिलादेखि उठेर काम गर्छन्। दरबारियाको क्रियाकलापले राजसंस्थालाई बदनाम बाहेक केहि नगरेको जस्तो देखियो।

यहाँ पनि एउटा यस्तै घटना भयो। मैले बिहान कुरा भएको छ। एन्जेला केयर टेकर प्राइममिनिस्टरको कुरा सुनाउछिन्। अनि सचिवले सहयोग माग्छन् र अर्का दरबारका कर्मचारीले मलाई भन्छन्, सरकारबाट निगाहा भएको छ, राज्यमन्त्री। अनि मलाई त टनन्न रीस उठ्यो, ‘तपाईको राज्यमन्त्री तपाई आफैँ राख्नुस्। बाहिर हल्ला चल्या छ मलाई केयर टेकर प्राइममिनिस्टरको। उता म भन्दा ढिला स्कूले राजनीति सुरु गरेका जनसरकारको प्रमुख भएर वार्ता गर्न बसेका छन्। मलाई तपाइले राज्यमन्त्री बनाएर बेइज्जत गर्ने?

राजाले पहिलो कुरा मेरो खुबी नभईकन फलानोलाई क्याबिनेटमा ल्याउ भन्दै भनेनन्। त्यसरी ल्याइसकेपछि त्यो शक्ति नभएको राज्यमन्त्री बनाएर थन्काउन खोजेका होइनन्। मेरो सामाजिक, पोलिटिकल क्यापिटल प्रयोग गर्न नै लैजान खोजेका हुन्। यसरी दबरबारीयाहरुको भूमिकाले राजतन्त्रलाई फाइदा भएको मैले कहिले पनि देखिन। र त्यो घेरा तोडेर राजसंस्था बाहिर आउन सकेको मैले कहिले पनि देखिन टड्कारो रुपमा।

म बुझ्ने थिए मैले बुझिहाँले। त्यति भएपछि म दुई मिनेटपछि कुरा गर्छु भने उनले। दुई मिनेट पछि उनीहरुले मन्त्रीको लागि हुन्छ भनेँ। कुरा त्यहि लेवलान म्यानिफ्याक्चर भएर गयो। मैले भनेँ, ‘यताउति होइन, म आफूले चलाउन सक्ने मन्त्रालय बाहेक अरु चलाउँदिन। म स्वास्थ्य मन्त्रालय जिम्मा लिन्छु। विज्ञान प्रविधि मन्त्रालय जिम्मा लिन्छु, ती दुईवटा म चलाउन सक्छु।

त्यसपछि मेरो फोकस शान्ति पुनस्थापनाको नेगोसियनमा हुन्छ। मेरो दायित्व त्यहि हो। र म वीर हस्पिटलमा प्राक्टिस गर्न छोड्ने छैन, प्राक्टिस गर्न छोँडे भने बर्बाद हुन्छ। त्यो सर्तमा म मन्त्री हुन गएको हो। मन्त्री परिषद्का लागि पाँच बुँदे निर्देशन थियो। त्यसमा स्पष्ट भनिएको छ। त्यो क्याबिनेटको म्यान्डेड नै त्यो थियो।

१. भइरहेको परिस्थितीमा जनतालाई राहत दिँदै जाँने,
२. शान्ति वार्ता सुरु गर्ने,
३. वार्ताद्वारा द्वन्द्वको समाधान गर्ने,
४. चुनाव सम्पन्न गर्ने,
५. चुनिएको सरकारलाई शक्ति हस्तानतरण गरेर आफू यथास्थानमा फर्कने।

त्यहाँ डाक्टरले गर्न नहुँने के लेखेको छ ? दुई वर्ष भित्रमा त्यो सक्काएर म आफ्नो डाक्टरीमा फर्कने प्लान गरेर त्यो मन्त्रीमण्डलमा गएको हो। मसँग नेगोसियट गर्ने स्कील पनि थियो। मसँग सामाजिम काम गरेको क्यापिटल पनि थियो। मान्छेको ट्रस्ट पनि थियो, त्यसकारणले अनुपयुक्त पदमा गयो फलानो भन्नु वाइयात कुरा हो।

मन्त्रीमण्डलमा गईसकेपछि मैले आफूले जानेको कुरा गर्न पनि थाले तत्काल। छोटो ७ महिनाको अवधिमा गरेका दुई, चारओटा कामहरु पनि छन् –

१. मन्त्री बनेको भोलिपल्टै मैले बिसौँ वर्ष लवि गर्दा नभएको दुईओटा काम उत्तिनैखेरी ट्राफिकको प्रहरीको हाकिमलाई बोलाएर स्वास्थ्य मन्त्रालयको निर्देशन वा अनुरोध जे भन्नहुन्छ भन्नुहोस्, सिट बेल्ट र हेल्मेटको लेजिसलेशन शुरु गर्नुहोस्।

क) सिट बेल्ट नलगाई गाडि चलाउन नपाइने,
ख) हेल्मेट नलगाई बाइक चलाउन नपाइने।

त्यो नितान्त टेक्निकल मान्छेले गरेको निर्णय थियो, त्यसलाई पोलिटिसाइज गर्न धेरै बदनाम गरियो। त्यो बेलाको माहोल नै मन्त्रीमण्डललाई बदनाम गर्ने थियो । फलानो डाक्टरले चाहिँ हेल्मेट बनाउने कम्पनिसँग कमिशन खाएर हेल्मेट अनिवार्य लगाउने रुल ल्याको हो भनेर मलाई बदनाम गरियो। म कमिशन खानुपर्ने डाक्टर होइन। उपकरण, इक्यूपमेन्ट किन्दा पनि कमिशन नखाने मान्छे अस्पतालको। उपकरणहरु चन्दाबाट ल्याएर चलाउने मान्छे, त्यस्तो मान्छेलाई लाल्छना लगाइयो।

जे होस्, नियम तत्काल लागू भयो। त्यसको कारण ट्राफिक एक्सिडेन्टबाट हुने घातक हेड इन्जुरीको संख्या घट्यो। न्यूरो सर्जन मात्र भएर त्यो लबि गर्दा त्यो लागू हुने सम्भावना नै थिएन। त्यसैभएर पोलिटिकल मान्छेले एउटा सिग्नेचरको भरमा गर्ने काम टेक्निकल मान्छेलाई १० औँ, बिसौँ वर्ष लाग्छ। मैले न्यूरो सर्जन भएर भन्दा यो रेगुलेशनबाट मैले धेरै जनाको ज्यान जोगाउन सफल भएको ठान्छु म।

२. स्वास्थ्य क्षेत्रमा मैले अर्को महत्वपूर्ण काम गरेको नेशलन एकाडेमी अफ मेडिकल साइन्स (न्याम्स) स्थापना गरेँ। म स्नातकोत्तर तहको तालिमको विषयमा चासो र अनुभव भएको व्यक्ति हुँ।

अहिले स्नातकोत्तर तहमा जुन दुर्गती भइरहेको छ त्यो अनावश्यक रुपमा हामीले आफ्नो भनौँ या देशको थाप्लोमा ल्याएको बोझ हो। त्यसको जरुरत थिएन। हामीले गलत सिस्टम कपि गर्‍यौँ। त्यसले गर्दा पोस्ट ग्राजुयट एजुकेशन डेढ करोड नभईकन पढ्न नपाउने अवस्थामा पु¥यायौँ मुलुकलाई ।

(डा. देवकोटासँग युवराज घिमिरेले गरेको कुराकानी)

असार १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्