वीरगञ्जमा एक किलो सुन सहित एक जना पक्राउ

काठमाडौँ– वीरगञ्जमा प्रहरीले १ किलो सुन सहित एक जनालाई पक्राउ गरेको छ । वीरगञ्जको शंकराचार्य गेटनजिकबाट एक किलो सुन सहित सर्लाही हरिपुर नगरपालिका ९ का ३८ बर्षका सन्तोष कुमार शाहलाई पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता शैलेश थापाले बताए।

शाहले नेपालबाट भारतमा सुन लैजाँदै गर्दा उनलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

उनले चलाईरहेको ना ४८ प ३७३४ नम्बरको मोटरसाईलको सिटमुनी लुकाएर सुन लैजादै गर्दा सुन फेला परेको हो । प्रहरीले घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ ।

असार १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्