फोटो फिचर

रोपाइँसँग जोडिएका खुशी, सपना र आश

तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

ललितपुर, लेले – ‘खेतमा धान मात्रै रोपिँदैन, त्योसँगै सपना पनि रोपिन्छ, आश रोपिन्छ अनि मंसिरमा भकारी भरिने र वर्षभरि पेट भर्ने सम्भावना रोपिन्छ ।’

ललितपुरको लेलेका किसानको संयुक्त स्वर हो यो । असार १५, धान दिवस । लेलेमा यो दिवस हिलो र हरियो बनेको धानसँग मनाइरहेका छन् त्यहाँका किसानले ।

लेले प्रतिनिधिमात्रै हो, देशभर अहिले रोपाइँको चटारो छ । पानी रोपाइँ गर्न मिल्ने गरी परिसकेको छैन । तर शुक्रबार असार १५ मा धेरै ठाउँमा विशेष रुपले रोपाइँ गरिएको छ ।

यसमा शरीरभरि हिलो, अनुहार चिन्न मुस्किल पर्ने खालको तर त्यसले दिएको मुस्कान अनन्तसम्म फैलिएको ।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले लेले क्षेत्रका खेतमा रोपाहार, बाउसे, हली, बिउ पाँज्नेहरुको रोपाइँसँग जोडिएको खुशी, सपना र आश तस्बिरमा समेटेका छन् ।

असार १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्