जनकपुरधाम- प्रदेश नं.२को सरकारले मधेश आन्दोलनका शहीद परिवारलाई रोजगारी दिने निर्णय गरेको छ।

प्रदेश सरकारले मधेश आन्दोलनका शहीद परिवारको आर्थिक, समाजिक तथा शैक्षिक तथ्यांक तथा विवरण संकलन गरि क्रमशः रोजगारी दिने निर्णय गरेको छ।

मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले शहीद परिवाहरुको तथ्यांक संकलन भएपछि उनिहरुको योग्यता र क्षमताको आधारमा रोजगारी दिने निर्णय गरिएको बताएका छन्।

यता, सरकारले मधेश आन्दोलनका घाइतेहरुलाई प्रकृति हेरी तीन लाख सम्मको आर्थिक सहयोग उपलब्ध गराउने निर्णय यस अघि नै गरिसकेको छ।

असार १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्