प्रियांका चोपडासँग देखिने यी युवक को हुन् ?

प्रियंका एक अभिनेत्री हुन्, जसको बलिउडदेखि हलिउडसम्म चर्चा छ। क्वन्टिको सिरिज होस् अथवा वे वाच, अंग्रेजी मनोरञ्जन क्षेत्रमा उनको चमकको कमी छैन।

हिजोआज उनी भारतमा छिन् र उनी धेरैको कुराकानीको विषय बनेकी छन्। यो कुराकानी उनको कुनै हिन्दी वा अंग्रेजी फिल्मको बारेमा होइन। उनको कुराकानी उनीसँगै हिँड्ने मानिसको कारणले भएको हो।

त्यो व्यक्तिको नाम हो, निक जोनस। केही समयअघि प्रियंका चोपडाले इंस्टाग्राम स्टोरी पोस्ट गरेकी थिइन्। जसमा समुन्द्रपट्टी फर्किएका दुई मानिसहरु उभिएका छन्। यो तस्बिर गोवाको थियो, उनले त्यो तस्बिरमा लेखेकी थिइनु्, ‘मलाई मन पर्ने पुरुषहरु’

प्रियांका र निक साथसाथ


 

यो तस्बिरमा उभिएका पुरुष एक जना निक जोनस र अर्को प्रियांकाको भाई सिद्धार्थ चोपडा भएको अनुमान गरिएको छ।

यो बाहेक बिहीबार साँझ मुकेश अंबानीका छोरा आकाश अंबानी र श्लोका मेहताको विवाह अगाडि राखिएको पार्टिमा प्रियंका निक जोनससँग गएकी थिइन्। उनीहरु एक अर्कासँग एकदमै नजिक थिए। राम्रा देखिन्थे।

सामाजिक सञ्जाल र अरु सञ्चार माध्यममा आएको तस्बिर र भिडियोले यी दुई हस्तिहरुबिच प्रेम सम्बन्ध भएको इशारा गर्छ।

दुई मध्ये कसैले पनि यो कुरालाई नकारेका छैनन् भन्ने कुरा इस्टाग्रममा पोष्ट भएका तस्बिर र भिडियोमा राखिएको क्याप्सनले देखाएको छ।

को हुन निक जोनस ?


निक जोनस पछिल्लो हप्ता पनि मुम्बईमा नै थिए। पिपुल म्यागजिनले पुष्टि गरेको छ कि जोनसले प्रियांकाकी आमा मधुसँग भेटघाट गरिसकेका छन्। उनीहरुको प्रेमसम्बन्धको बारेमा खबर आउन थालेपछि उनीहरु सँगै देखिन थालेका छन्।

तर निक जोनस को हुन्? कहाँ बस्छन्? प्रियांकासँग उनको सामिप्यता कहिलेदेखि भयो?

निकोलस जेरी जोनस अमेरिकी गायक, लेखक र कलाकार हुन्। उनी संगितकर्मी हुन्। उनले ७ वर्षको उमेरबाट अभिनय सुरु गरेका हुन्।
निकको जन्म अमेरिकाको टेक्सास राज्यमा भएको थियो।

टेक्सासको डेलासमा केविन जोनस सिनियरको घरमा जन्मेका जोनसले केविनसँग मिलेर ब्याण्ड बनाएका थिए, जसको नाम थियो ‘द जोनस ब्रदर्श’

दाजुभाइको ब्याण्ड


सन् २००६ मा उनीहरुको पहिलो एल्बम ‘इट्स अबाउट टाइम’ सार्वजनिक भएको थियो, निकको उमेर जम्मा १३ वर्षको थियो। यो ब्याण्डले डिज्नी च्यानलमा धेरै सफलता थियो।

सन् २०१४ मा ब्याण्ड टुट्यो र निकले एकल एल्बम सार्वजनिक गरे। सन् २००७ मा उनले ‘रिमेम्बर आई टोल्ड यू’ आयो, जसमा ब्रिटिश कलाकार एनी मेरी थिइन्। उनी केही चलचित्रमा देखा परे, सन् २०१५ मा ‘केयरफूल ह्वाट यू विश फर’ चलचित्रमा उनले अभिनयको मौका पनि पाए र सन् २०१९ मा आउँदै गरेको ‘साई–फाई’ फिल्म ‘वाकिङ’ मा उनी फेरी देखिँदैछन्।

के निक बिरामी छन्?


निको सम्पत्ति एक करोड ८० लाख भएको बताइएको छ, जसमा द जोनस ब्रदर्श ब्याण्ड र टेलिभिजन शोको पनि हात छ।

जब उनी १३ वर्षका थिए, उनलाई टाइप–१ डायबिटिज भएको थाहा भएको थियो। यस पछि उनले ‘चेन्ज फर द चिल्डन फाउन्डेशन’ बनाए, ताकि यो रोगको बारेमा जनचेतना फैलियोस्।

निकको जीवनमा यो भन्दा पहिला पनि धेरै ठूला सेलिब्रेटिको नाम जोडिएको छ। सन् २००६–०७ मा उनको गलफ्रेन्ड माइली साइरस थिइन्।

यस बारेमा साइरसले लेखेको किताबमा खुलाइएको थियो। यी दुई सन् २००९ मा साथ देखिएका थिए तर पछि फेरी अलग भए।

असार १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्