जुम्लामा निषेधित क्षेत्र घोषणा ; डाक्टर केसी कँहा बस्छन् अनसन ?

तस्बिर: देशसञ्चार

डाक्टर गोवीन्द केसी अनसन बस्नका लागि जुम्ला पुगेपछि स्थानीय प्रशासनले जुम्लाका विभिन्न स्थानमा निषेधित क्षेत्र घोषणा गरेको छ । स्थानीय प्रशासनले सार्वजनिक सूचना टाँसेर जुम्लामा केही स्थान निषेधित क्षेत्र घोषणा गरेको हो।

जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको सूचनामा जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको २०० मिटर वरपर कुनै प्रकारको अनशन, आन्दोलन तथा विरोध प्रदर्शन गर्न निषेध गरेको उल्लेख छ ।

चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर ल्याउन खोजिएको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लामो समयसम्म एमबिबिएस पढाइको बाटो खुला नगरेको विरोधमा डा गोविन्द केसी १५ औँ अनशन बस्न जुम्ला पुगीसकेका छन् । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्ने बताएका थिए ।

सरकारले यस अघि काठमाडौँको माईतीघर मण्डला सहितका स्थानमा पनि निषेधित क्षेत्र घोषणा गरेको थियो ।

असार १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्