पीडित महिलालाई प्रहरी कार्यलयमा नै आवास

सुर्खत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले पीडित महिला तथा बालबालिकालाई आवास सहितको सुविधा दिने व्यवस्था मिलाएको छ ।

हिंसामा परेको महिला तथा बालबालीकाहरुलाई यसअघिसम्म आवासका लागि केहि महिलासँग सम्बन्धीत सामाजिक संघ संस्थाहरुले खोलेका आवासगृहमा निश्चित समयका लागि राख्ने गरिन्थ्यो। उनिहरुका लागि खर्चको जोहो गर्न मुस्किल पर्ने गरेको थियो तर अब सुर्खेतमा यो समस्या हट्ने भएको छ ।

नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालयमा निमार्ण गरिएको भवनको उद्घाटन गरेसँगै प्रहरीले पीडितहरुका लागि थप सेवा विस्तार गरेको हो ।

तीन तले भवन उद्घाटन भएसँगै विभिन्न समस्याका कारण विस्थापित भएर न्यायका लागि जिल्ला प्रहरी कार्यालय पुग्ने पीडित महिला र बालबालिकाकाले अब सुविधा सम्पन्न आवास पाउने भएका हुन् ।

विगतमा भवन अभावमा प्रभावकारी सेवा दिन नसकेको प्रहरीले महिला र बालबालिकालाई आगामी दिनमा २४ घण्टे आवाससहितको गुणस्तरीय सेवा दिने जनाएको छ ।

एसियाली विकास बैंकको एक करोड २४ लाखको आर्थिक सहयोगमा निर्माण भएको १७ कोठे भवनमा पीडित महिलाका लागि दुई वटा कोठा आवासका लागि छुट्याइएको छ ।

जिल्ला प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले हिंसामा परी अलपत्र परेका महिला र बालबालिकालाई २४ घण्टे आवाससहितका सुविधा उपलव्ध गराउने बताए ।

असार १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्