
केही दिनअघि कैलाश यात्रा र काठमाडौँ भ्रमणका लागि नेपाल आएकी चर्चित भारतीय अभिनेत्री जुही चावलाले भ्रमण सकिएको एक साताभन्दा बढी बितेपछि धुलाम्ये काठमाडौँमा नाक छोपेको तस्बिर फेसबुकमा राखेकी छन्।
यसअघि काठमाडौँ र वरिपरिका राम्रा तस्बिर ट्विट गरिरहेकी जुहीले शनिबार दिउँसो भने काठमाडौँको दुरावस्था उतारिएको तस्बिर ट्विट गरेकी थिइन्।
उनले ट्विटरमा लेखेकी छन्- काठमाडौँमा हामी कार पर्खिरहेको बेला…. कति धेरै धुलो। कति धेरै सवारी। पेट्रोल र डिजेलको अंश कति धेरै आकाशमा। हरेक दिन हामीले हाम्रो अनुहार ढाक्नुपर्छ। यहाँका मानिसहरु हरेकदिन सर्जिकल मास्क लगाएर हिँड्छन्।