काभानीको चोट उरुग्वेलाई चिन्ता

पोर्चुगलसँगको खेलमा महत्वपूर्ण दुई गोल गर्दै टिमलाई जिताएका उरुग्वेका एडिसन काभानी क्वाटरफाइनलको खेलमा फिट हुने नहुनेमा शंका उत्पन्न भएको छ ।

काभानी शनिबार राति भएको अन्तिम १६ अन्तर्गत पोर्चुगल विरुद्ध दुई गोल गरेपछि खुट्टामा समस्या देखिएपछि खोच्याउँदै मैदानबाट बाहिर गएको थिए । उनको हामस्ट्रिङ्गमा समस्यामा रहेको हुन सक्ने देखिएको छ ।

आफूहरु काभानीको फिटनेशलाई लिएर चिन्तित रहेको उरुग्वेका प्रशिक्षक ओस्कार ताबारेजले बताएका छन् । काभानीको गोलमा पोर्चुगललाई २–१ ले हराएको उरुग्वेले क्वाटरफाइनलमा आउँदो शुक्रबार फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।

काभानी खेलको १६ मिनेट बाँकी हुँदा मैदानबाट बाहिरिएका थिए । प्रशिक्षक ताबारेजले भने, ‘हामीसँग उनको रिकभरीका लागि धेरै समय छैन । हामीले अहिले चिन्तित मात्रै छौँ । तर उनको चोट कस्तो छ भन्ने थाहा भइसकेको छैन ।’

काभानीले यो पीडा केही त्यस्तो गम्भीर केही नहोस् भन्ने कामनामा रहेको बताएका छन् । एक पटक दुखेपछि आफू रिकभर हुन नसकेको उनले बताए ।

असार १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्