मेरो माटो, मेरो चन्दन (अनुभव र अनुभूतिको अन्तिम भाग)

दुई वर्ष मन्त्री हुन चाहन्थेँ

फर्केर गएर हेरौँ, न्याम्स मैले खडा गरेको थिए वीर हस्पिटलमा, नेशनल एकेडेमी अफ मेडिकल साइन्स। त्यसमा पहिलो वर्ष जम्मा छ करोड एक्स्ट्रा बजेट दिएको थियो सरकारले।

६ करोड बजेटबाट ६० जना विशेषज्ञ तयार पारेको हुँ। त्यसको ट्रिक एकदम सजिलो छ। सरकारी अस्पतालमा कार्यरत डाक्टरलाई नै प्राध्यापकको उपाधि दिने।

विज्ञापन

उनीहरुले बिरामीको सेवासँगै पढाउने काम पनि गर्नुपर्छ। त्यो बापत उनीहरुले एक्स्ट्रा इनसेन्टिभ केही पनि पाउँदैन थिए। त्यहाँ काम गर्ने डाक्टरहरु काम पनि गर्छन्, काम सिक्छन् पनि, काम गर्दागर्दै जाँच पनि दिन्छन्। जुन मैले बेलायतमा पनि गरेको थिए ।

भन्नुस् अब काम गरेर सिकेको विद्यार्थीसँग, जो अन जब सेवामा छ, राती डिउटी गरेको छ। त्यो मान्छेसँग फिस लिने कुरो अन्तर्राष्ट्रिय ‘लेबर ल’ ले पनि रोकेको कुरा हो।

यो हामीले अन्तर्राष्ट्रिय कानुनको विपरितमा काम गरिरहेका छौँ, पोस्ट ग्राजुयट विद्यार्थीसँग फिस लिने। यो गलत हो, गैर कानुनी हो। न्याम्सको अवधारणामा यो पर्दैन। न्याम्सको अवधारणामा त्यहाँ काम गर्ने डाक्टरहरुको तलब आउँछ। त्यो सरकारी अस्पतालमा काम गर्ने अथवा नेशलन एकेडेमीले पहिचान गरेको अस्पतालमा काम गर्ने पहिचान गरेका कन्सलट्यान्टहरु वा प्रोफेसरहरु हुन्छन्, उनीहरुले पढाउँछन्।

उनीहरुलाई त्यो पढाएबापत विशेष केही दिइँदैन। उनीहरुको जबको रुपमा लिनु पर्‍यो। काम गरेर पढ्ने गर्छन् उनीहरु। त्यति भइसकेपछि यहाँ करोडौँको लेनदेनको कुरा नै आउँदैन।

हामीले वीर अस्पतालमा लागु गरेर देखाइदिईसकेपछि पनि नयाँ अध्यादेशमा यो कुरा खुलेर एड्रेस गर्ने हिम्मत गरिएको छैन। अनुभवको, प्रतिबद्धताको कमी भएकाहरुले बनाएको आभास हुन्छ। अमेरीकामा रेसिडेन्सले पैसा तिर्दैैन। पोस्ट ग्राजुएट स्टुडेन्टले, बेलायतमा उल्टो तलब खान्छ। अझ ट्युसनको लागि पैसा दिन्छ अस्पतालले।

यो मैले वीर हस्पिटलमा लागु गरेर देखाइदिसकेको कुरा हो। त्यसले गर्दा दुर्गम क्षेत्रमा डाक्टरहरु जान थालेँ। हामीले स्पष्ट राखिदिएका छौँ, दर्गम क्षेत्रमा जाने डाक्टरहरुलाई हामी २०, ३० नम्बर बढि दिन्छौँ। पोजिटिभली वायड्स। त्यसपछि स्वास्थ्य मन्त्रालयमा मलाई दुर्गममा पठाइदे भन्ने मान्छेको ताँती छ।

दुर्गममा गयो भनेदेखि पोस्ट ग्राजुएट पढ्न चाँडै नै पाइने पनि भइयो। उल्टो नम्बर पनि पाइने भइयो। अहिले दुर्गम क्षेत्रमा डाक्टर छैनन् भन्ने कुरा वाइह्यात हो। डाक्टरहरु पुगेका छन्। यसरी बुझेको मान्छेले इन्टरमिन गर्दा राम्रो हुन्छ।

३. अर्को महत्वपूर्ण फिलोसोफिकल कुरा गरेको थिए मैले। मलाई थाहा थियो भलिभाँति कि मेरो छोटो कार्यकालमा सम्पन्न हुँन्दैन। तर बिऊ रोपेर छोड्नुपर्छ। त्यो हो, स्वास्थ्य बिमा। मेरो उद्देश्य थियो वेलफेयर स्टेटको जस्तो स्वास्थ्यको सम्पूर्ण जिम्मा राज्यले लिने, सोसल सेक्यिुरिटी प्याकेज अन्तर्गत स्वास्थ्य बिमा गर्ने।

यसको लागि धेरै प्रतिबद्ध र स्थायी सरकारको आवश्यकता पर्छ। त्यो चाहिँ नेपालको राजनीतिक वृत्तबाट सम्भव नहुने भयो। अहिले स्वास्थ्य बिमा सुरु त गर्‍या छ तर कम्युनिटी हेल्थ इन्सुरेन्सको हिसाबमा आइराखेको छ। सोसल हेल्थ इन्सुरेन्समा आएको यो कुरा फरक छ। सोसियल हेल्थ इन्सुरेन्स हो मैले गरेको।

त्यसमा राजनीतिक प्रतिबद्धता छ भने सकिन्छ पनि। बेलायत ऐतिहासिक रुपमा सबैभन्दा गरिब भएको बेलामा यो खर्चिलो सोसल हेल्थ इन्सिुरेन्स उसले लागु गरेको हो। दोस्रो विश्व युद्ध पछि। उ सँग पैसा थिएन, टाट पल्टेको थियो। तर लागु गरेर देखायो। यो पैसाको कमीले रोकिने कुरा नै हैन।

प्रतिबद्धता र सोचाइको कमीले सोसल हेल्थ इन्सुरेन्स लागु गर्न नसकेको हो। अहिले स्वास्थ्य बिमा पिकअप गरिरहेको छ, म खुशी छु। तर यो सोसिअल स्वास्थ्य बिमा होइन। यो फर्केर हेर्नु पर्ने कुरा हो, जुन मेरो पालोमा सुरु भएको थियो।

विज्ञान प्रविधि मन्त्रालयमा जाँदाखेरी मैले विज्ञान प्रविधिको युगमा प्रवेश गराउने खालको एउटा निर्णय मन्त्रालयले लेओस् भन्ने मेरो चाहना थियो। मेरो लिडरसिपमा मन्त्रालयले भनेर दुईवटा काम गरेको थिएँ।

१. नेशनल साइन्स एण्ड टेक्नोलोजी पोलिसि निकालेँ।

२. नेपालमा झगडा भइरहेको रहेछ, अन्तर्राष्ट्रिय एटोमिक इनर्जी कमिशनको सदस्यता लिने विषयमा। कुन मन्त्रालय लाइन मिनिस्ट्री हुने? स्वास्थ्य मन्त्रालय पनि क्लेम गर्ने, कृषि मन्त्रालय पनि क्लेम गर्ने, विज्ञान तथा प्रविधि मन्त्रालय पनि क्लेम गर्ने, शिक्षा मन्त्रालय पनि क्लेम गर्ने। शिक्षा मन्त्रालयको पढाउने युनिभर्सिटि जति हामी अन्तर्गत छन् भन्ने दाबी तर उता इन्टरमिनिस्टिरियल झगडाले गर्दा त्यसको सदस्यता नलिई बसिरहेको अवस्था।

त्यो सदस्यता लिएबापत पाउँने थुप्रै सुविधाहरु थिए। त्यो यु एन एजेन्सिको मेम्बरसिप हो। अनि मैले त्यो मन्त्रालयसँग सम्बन्धित सबैलाई बोलाएर स्वास्थ्य मन्त्रालयको तर्फबाट हामी क्लेम नगर्ने भनेर छोडिदिए। त्यो काम विज्ञान तथा प्रविधि मन्त्रालयलाई लगेर जिम्मा लगाइदिए। विज्ञान र प्रविधि मन्त्रालयलाई लाइन मिनिस्ट्रि बनाएर नेपाल इन्टरनेशनल एटोमिक इनर्जी कमिशनको सदस्य भयो। अहिले त्यहाँबाट थुप्रै सहयोगहरु आइराखेका छन्। यी साना सहयोगहरु हुन्। तर पिन्च गर्ने कुराहरु। मैले सात महिनाको छोटो समयमा गरेका केहि कुराहरु यिनीहरु नै हुन्। अरु झिना मसिना कुराहरु यहाँ नगरौँ।

द्वन्द्व पीडित रहेका ठाउँहरुमा मैले स्वास्थ्य शिविर लैजान्थे, बिना भेदभाव आम जनाता र बिद्रोहिहरुलाई उपचार गर्नुपर्छ भन्ने मेरो निर्देशन थियो। त्यसमा आर्मीले अबजेक्सन पनि जनायो। एकपटक आर्मी चिफ आएर, ‘हाम्रो विरुद्धमा लड्ने मानिसलाई तपाईंले मलम पट्टी लगाएर बलियो बनाइदिनुभयो, आर्मी उनीहरुसँग लड्नु पर्‍या छ। यसरी इनडिस्क्रिमिनेट स्वास्थ्य सेवा नदिनुस्’ भने।

मैलै भनेँ, ‘यो मानवता कानुनको विरुद्ध हो, स्वास्थ्य मन्त्रीको नाताले मैले नेपालीलाई तैँले स्वास्थ्य सेवा पाउँछस् र तैले पाउँदैन्स भन्न मिल्दैन। यो त उनीहरुको अधिकार हो। एउटा त उनीहरुको अधिकार हो र अर्को बिद्रोहीहरुको मन जित्न पनि मैले यो स्वास्थ्य सेवा बिद्रोहिहरुलाई पनि दिनै पर्छ। सरी म तपाईंले भनेको मान्न सक्दिन।’ उहाँ रिसाए पनि मैले त्यसो भनेर पठाएको हो।

स्वास्थ्य क्याम्पहरु उद्घाटन हुँदा रमाइलो हुन्थ्यो। म जान्थेँ। व्यक्तिगत रुपमा पनि मजा आउँने मलाई। म गएर उद्घाटन गर्दाखेरी रिबन काटेर हैन, अप्रेशन गरेर उद्घाटन गर्थेँ । सायद त्यो विश्वकै इतिहासमा नयाँ अनुभव हो। त्यो शाही मन्त्रीले गर्‍यो भनेर नलेख्ने मिडियालाई मेरो भन्नु केही छैन। गौरवको कुरा थियो त्यो मेरा लागि, मुलुकका लागि ।

एउटा टेक्निकल मन्त्रीले स्वास्थ्य शिविर उद्घाटन गर्दाखेरी भाषण र रिबन काटेर मात्र हैन, दुई तीनवटा जटिल शल्यक्रिया गरेर उद्घाटन गर्‍यो भनेर लेख्दा प्रेसलाई राम्रै हुँदो हो। कतिले गरेँ कतिले गरेनन्। कतिले दोषी चश्मा नै लगाएर हेरेँ त्यसलाई। पोलिटिकल्ली त्यो बेलामा राईट नै त्यो थियो।

सायद परिस्थितीले पनि साथ दियो, त्यतिबेला हामी नेगोशियसनमा पनि भाग लियौँ। हुन त नेगोशियसनमा भाग लिने बेलामा पनि त्यहाँ अलि राजनीति भयो। सबै त्यो कमिटिमा बस्न चाहने।

पहिलो कुरा त मलाई लाग्छ म केटाकेटी बेलादेखि नै सामाजिक राजनीतिक क्षेत्रमा काम गरेको मान्छे भएकोले मेरो इनस्टिङ्ट पनि उपयुक्त छ जस्तो लाग्थ्यो आफूलाई। त्यो जब पनि त्यसरी नै स्वीकारेको हो मैले। कमिटि बनाउने बेलामा पनि त्यहाँ चलखेल भयो।

धेरै मन्त्रीहरुको म जस्तौ त्यहाँ आफैले काम गर्नुपर्छ भन्ने नभईकन, ‘काम त कसैले गर्छ यो, राजाले मिलाईहाल्छन्। हामी त्यहाँ यसो मन्त्री भएर भत्ता खाएर मोटरमा घुम्ने गरेँ पुग्छ भन्ने खालको व्यवहारहरु मैले बुझेँ। अर्थमन्त्री डा. बद्रीप्रसाद जी कमिटेड हुनुहुन्थ्यो। त्यो मलाई थाहा छ।

प्रधानमन्त्री माथि मैले प्रश्न गर्ने कुरा आएन। दीपक ज्ञावलीले काम गर्न खोज्नु भएको थियो। अरु मन्त्रीहरुको झुटा प्रशंसा गर्न मलाई मन छैन। त्यसै कारणले धेरै जसो हाम्रो हाइटेक्निकल, टेक्नोक्राटहरुको मन्त्रीमण्डल भनेपनि हाम्रो धेरै नन टेक्नोक्राटहरु मिसिएकोले हामीले सोचे जसरी काम गर्न सकेनौँ। त्यो स्वीकार गर्नुपर्छ। धेरैजसो इस्युहरुमा अर्थमन्त्री र म एकतीर उभिन्थ्यौ, अरु अर्कोतीर हुने।

राज्यको ढुकुटीको डिफेन्ड गर्नेमा, भोटे कुकुर जसरी म झम्टन्थे पहिला। दीपक जी लाग्नुहुन्थ्यो। अनि बाहिर आएपछि अर्थमन्त्री मलाई धन्यवाद दिनुहुन्थ्यो। एउटा रमाइलो घटना भएको छ, मान्छेलाई एक्सपोजरले कति फरक पार्छ भन्ने कुरा। त्यहि बेलामा हो, वर्ल्ड बैंकले नेपाललाई ब्ल्याक लिस्ट गर्ने तयारी भयो।

त्यो भन्दा पहिलाको ट्राक रेकर्डहरु, पफर्मेन्स हरेर वर्ल्ड बैंकले कोअपरेशन नगर्ने भयो। ब्ल्याक लिस्ट गर्ने भयो। वर्ल्ड बैंकको एउटा हाई लेबलको कमिटि नेपाल आउँदैँ थियो हेर्नलाई, एसेस गर्नलाई। अर्थमन्त्रीले उनीहरुसँग डिल गर्दै हुनुहुन्थ्यो।

उहाँले मलाई क्याजुअल्लि भन्नुभयो, ‘वर्ल्ड बैंकको भाइस चियरम्यान आउँदै हुनुहुन्छ। एक दिन साँझमा मैले डिनरको व्यवस्था गरेको छु । तपाईं र म्याडम आउनुपर्ला, याक एण्ड यतीमा फलानो दिन।’ मन्त्रालयको काम सकेर घर गएर, त्यो दिन हामी निर्धारित दिनमा निर्धारित समयमा याक एण्ड यती गयौँ। जाँदाजाँदै अर्थमन्त्रीले ती भाइसचेयरम्यानलाई चिनाइदिनुभयो मलाई। ‘उहाँ हाम्रो स्वास्थ्य मन्त्री, डाक्टर’ भन्नुभयो र उल्लाई पनि चिनाइदिनुभयो।

बोल्ने बित्तिकैै मलाई लाग्यो यो त अंग्रेज हो। बोलीबाट नै मैले चिनिहालेँ। रमाइलो घटना भयो मैले सोधेँ, ‘ह्विच पार्ट अफ इङ्गल्याण्ड डू यू कम फ्रम?’

‘ओ आई कम फ्रम लण्डन।’

म त लण्डन मै बसेको मान्छे। अनि मैले प्रतिप्रश्न गरेँ, ‘ओ हाऊ इनट्रेस्टिङ, ह्वीच पार्ट अफ लण्डन, डू यू कम फ्रम?’

‘विमवल्डन, आइ केम फ्रम विमवेल्डन’ विमवेल्डन एकदमै पर्स एरिया। स्टेडियम भएको त्यो एरिया।

म पनि विमवल्डन नै बसेको ४ वर्ष। अनि झन् न्यारो डाउन गरेँ मैले। ‘ह्वीच स्ट्रिट फ्रम वेमवल्डन, यु माइन्ड स्पेशिफाइङ?’

‘रिट्ज वे’

रिट्ज वे, त्यो लामो स्ट्रिट छ। त्यो क्विन्स ल्याण्ड भएर, क्विनस्कायरतिर जान्छ। म पनि ‘रिट्ज वे’ मानै बसको। अनि मैले सोधेँ, ‘ह्वेर अबाउट फ्रम च्यापल?’

नजिकै लोन्ड्री पनि थियो। ‘हाउ फार फ्रम द ज्याकवेल गराज?’ भनेर सोधेँ। अरु दंग भएर सुनिराखेका छन्। अनि उनले भनेँ, ‘बाइ द वे, ज्याकवेल गराज इज नाउ कन्भर्टेड इन्टु अ फर्निचर सोरुम, ज्याकवेल गराज इज नो मोर। जस्ट नेक्स्ट टू द्याट’

अनि मैले हात मिलाएर, ‘आइ स्टेड इन वेमवल्डन फोर एयर्स, आई वर्क्ड इन योर टाउन, इन एट्किन्सन्स मोर्लीज् नेक्स्ट टु योर हाउस।’

‘ओ एट्किन्सन्स मोर्लीज्।’

त्यसपछि वि विकेम भेरी गुड फ्रेन्डस्।

अनि मैले भनेँ, ‘तपाईं बुझ्न सक्नुहुन्छ, म एउटा ब्रिटिस ट्रेनिङ्ग ब्याकग्राउण्ड भएको न्यूरो सर्जनले कन्ट्री मेसमा छ, परिस्थिति सुधार्न केही गर्न सकिन्छ कि भनेर म क्याबिनेटमा आएको छुँ दुई वर्ष न्यूरो सर्जरी छोडेर। सो बाई दिस यू प्रोबोब्ली ह्याभ सेन्स्ड द्याट वि आर ड्याम सिरियस अबाउट ह्वाट वी आर डुइङ। सो आई होप यू विल डू ह्वाटएभर पोसिबल फ्रम योर साइड टू हेल्प अस्।’

‘डोन्ट वरी डाक्टर, द डिल इज डन’

द्याट्स हाउ आई प्रिभेन्टेड द वर्ल्ड बैंक मुभ। वर्ल्ड ब्यांकको ब्ल्याक लिस्टबाट बचियोँ, जस्ट बिकज वान डाक्टर वर्क्ड इन हिज कन्ट्री ।

यता उडाउनेको कमी नहुने ।

उता बिरामीको उपचार गर्ने डाक्टर म देशको उपचार गर्ने डाक्टर भनेर यहाँ राजनीति गर्नेहरु टिप्न बिर्सेको घिराैँलाजत्रो नाक बनाएर हिँड्छन्।

त्यहि एउटा डाक्टर विमवल्डनमा बसेको थियो र ब्ल्याक लिस्टमा पर्न बाट जोगियो देश। रमाइलो घटना, त्यसपछि अर्थमन्त्री वर्ल्ड बैंकका उपाध्यक्ष, हामी गफ गर्न थाल्यौँ, उसको श्रीमती र मेरो श्रीमती हामी चार जना मेन टेबलमा बस्यौँ ।

एक्सपोजरले फरक पार्छ भन्ने कुरा। त्यस्ता थुप्रै घटना छन् त्यो बेलाका। कुनै पछुँतो छैन मेरो मन्त्री बनेकोमा।

(डा. देवकोटासँग युवराज घिमिरेले गरेको कुराकानी)

असार १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्