सांसदले उठाएका प्रश्नको जवाफ दिन सभामुखको रुलिङ

काठमाडौं – सभामुख कृष्णबहादुर महराले संसदमा उठेका विभिन्न सवालहरुको सजाव दिन सरकार तथा मन्त्रीहरुलाई रुलिङ गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले आफूले उठाएका जल्दाबल्दा समस्याको समाधान गर्न उदासिन भएको भन्दै आपत्ति जनाएपछि सभामुख महराले जवाफ दिन रुलिङ गरेका हुन् ।

प्रतिनिधिसमा नियमावलीको दफा १५ (२) संसदमा उठेका कुनै पनि विषयको जवाफ सम्बन्धित मन्त्रीले पा“च दिनभित्र लिखित वा मौखिक रुपमा दिनुपर्ने व्यवस्था गरे पनि मन्त्रीहरुले जवाफ दिएका छैनन् । सोमाबारको बैठकमा सांसद विमलकुमार श्रीवास्तवले आफूले उठाएका सवालको जवाफ र समस्या समाधानका लागि सरकारले चासो नदिएको भन्दै आपत्ति जनाएका थिए ।

सोमबार सांसदहरु देशका जल्दा बल्दा विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । सांसदहरु भरतकुमार शाह, भैरबबहादुर सिंह, वीरबहादुर रसाइली, विमल श्रीवास्तवलगातयले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

असार १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्