पुल भत्कँदा हुलाकी सडक अबरुद्ध

चितवन : आइतबार रातिदेखि परेको वर्षापछि आएको बाढीका कारण भरतपुर, माडी, ठोरी हुलाकी सडक अवरुद्ध बनेको छ ।

इलाका प्रहरी कार्यालय माडीले दिएको जानकारीअनुसार खहरे खोलामा आएको बाढीका कारण माडी नगरपालिका–३ र ६ जोड्ने रौतनी खोलाको पुल भाँच्चिदा सवारी आवागमन बन्द भएको छ ।

पुल भत्किँएसँगै भरतपुर माडी–ठोरी खण्डमा सवारी सञ्चालन हुन सकेका छैनन् । इलाका प्रहरी कार्यालयस“गै रहेको पुल बिहान ९ बजे भत्किएको प्रहरीले जनाएको छ ।

माडी क्षेत्रमा पानी पर्न नरोकिएका कारण खोलामा बाढीको बहाब बढेको छ । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले माडी क्षेत्रमा रहेका खहरे खोला बढेपछि रिउ नदीको बहाव उच्च भएको बताए । नदीमा पानीको बहाव बढेस“गै स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आह्वान गरिएको उनले जानकारी दिए ।

असार १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्