दिपिका र रणवीर विवाहको हल्ला चलिरहँदा दिपिकाले भनिन्, ‘म आफ्नो परिवार चाहन्छु’

दिपिका पादुकोण र रणवीर सिंह नोभेम्बरमा विवाह बन्धनमा बाँधिन लागेको खबर बाहिर आएको छ। विवाहको हल्ला चलिरहेको बेला अभिनेत्री दिपिका पादुकोणले एउटा म्यागजिन, ‘इभिनिङ स्ट्याण्डर्ड’ सँगको कुराकानीमा उनलाई बच्चाको रहर लागेको बताएकी छिन्।

३२ वर्षकी अभिनेत्रीले आफ्नो परिवार बनाउन चाँहेको बताएकी थिइन्। दिपिका व्याडमिन्टन खेलाडि प्रकाश पादुकोणको जेठी सन्तान हुन्, उनकी बहिनी अनिषा गल्फको खेलाडि हुन्।

विवाहको हल्ला चलिरहेको बेलामा दिपिका र रणवीरको विवाहको मिति पनि सार्वजनिक भएको छ। यो जोडिले यसै वर्षको नोभेम्बर १० देखि १६ मा इटलीको एक शहरमा विवाह गर्ने खबर सार्वजनिक भएको छ। अन्तवार्तामा दिपिकाले भनेकी छन्, म सकेसम्म यो कुरा व्यक्तिगत राख्न चाहन्छु तर म बाहिर भईरहेको कुराप्रति झगडा गर्न वा रोक्न सक्दिन।

रिपोर्टका अनुसार दिपिका र रणवीरको गोप्यरुपमा रोका गरिसकेका छन् र दुवैका परिवार विवाहको लागि तयारीमा जुटेका छन्। सबैभन्दा धेरै समय विवाह गर्ने ठाउँको छनौट गर्न लागेको हो। उनीहरु दुवैजना आफ्नो विवाह एकदमै परिपक्क होस् भन्ने चाहन्छन्। उनीहरुले राम लिला, बाजिराव मस्तानीमा र पद्मावतमा सँगै काम गरेका छन्।

असार १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्