लक्ष्मी हमालको दोस्रो गीती एल्बम् ‘के हुँदैछ आजभोली’ सार्वजनिक

????????????????????????????????????

काठमाडौं– रेडियो नेपालका उप–निर्देशक एवम् वरिष्ठ संगीतकार टिका भण्डारीले नेपाली गीत–संगीतको मार्ग अहिले प्रविधिक तर्फ मोडिएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा गायिका लक्ष्मी हमालको दोस्रो गीति एल्बम् ‘के हुँदैछ आजभोलि (मुटुभित्र)’ बोलको गीत सार्वजनिक कार्यक्रमका भण्डारीले भने, पछिल्लो समयमा नेपाली गीत–संगीतलाई विकास र विस्तार गर्नको लागि आधुनिक प्रविधिहरुको साथ छ, राम्रो रचनालाई युटुव, रेडियो, एफएम, टेलिभिजन लगायतका विभिन्न साधनहरुमा बज्छन्, दर्शक स्रोताहरुले त्यसको मूल्याङ्कन गर्नुहुन्छ।’

त्यस्तै कार्यक्रममा प्रस्तोता समाज नेपालका पूर्व अध्यक्ष हेमन्त शर्माले जीवन अपूर्ण र सिकाईको सार भएकोले एउटै गीत सुनेर वा हेरेर गायक तथा गायिकाको मूल्याङ्कन गर्न नसिकिने बताए।

उनले भने,‘लक्ष्मी हमालको स्वर मिठो छ, आजमात्रै उहाँको गीत सुनें, हेरेर राम्रो लाग्यो, मानिस कहिल्यै पूर्ण हुँदैन, प्रत्येक पाईलाहरुमा सिकाई हुन्छ, उ सिक्दै जान्छ, जीन्दगी नै सिकाई हो ।’

‘के हुँदैछ आजभोलि’ गीतका संगीतकार तथा एरेन्जर सञ्जय हमाल हुन्।

लक्ष्मी हमालको शब्द र स्वर तथा सञ्जय हमालको संगीत रहेको गीतको भिडियो निर्देशन चर्चित र्यापर निर्णय श्रेष्ठले गरेका छन् भने मोडल अभिलाषा शर्माको अभिनय रहेको छ ।

असार १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्