सञ्जय दत्तको लागि मान्यताको भावुक सन्देश, ‘तिमी हारे पनि कतै नरोकिनु’

सञ्जय दत्तको जीवनमा आधारित चलचित्र सञ्जुको रिलिज भएपछि सञ्जयको श्रीमतिले भावुक सन्देश पोष्ट गरेकी छिन्। इन्स्टाग्राममा छोराछोरी र सञ्जय दत्त सँगको पोटो पोस्ट गरेर उनले ‘तिमी हारे पनि कतै नरोकिनु, कठिन बाटोमा हिड्दा सफलता पाइन्छ।’ मान्यता सञ्जयको हरेक राम्रो नराम्रो समयमा साथै छिन्। जब उनी जेलमा थिए, जेलबाट बाहिर आए तब मान्यता उनलाई लिन जेल गइन्।

सञ्जुमा मान्यताको भूमिकामा दिया मिर्जा देखिएकि छिन्। यो चलचित्रमा सञ्जय दत्तको जीवनमा भएको सबै उतार चढावलाई प्रस्तुत गरिएको छ। उनको लागूऔषधको प्रयोग गर्नु, सन् १९९३ मा बम आक्रमणमा नाम आएको, बलिउडमा उनले करियर सुरु गरेको र मुन्नाभाईमा अभिनय गरेपछि मिलेको सफलता यो चलचित्रमा देख्न पाइन्छ। चलचित्र हेरेर दर्शकले राम्रो प्रतिक्रिया आइरहेको छ।

सञ्जय दत्तको आउँदो प्रोजेक्ट

सञ्जय दत्त आफ्नो आँउदै गरेको चलचित्र ‘साहेव बिबी और ग्याङ्गस्टार – ३’ मा व्यस्त छन्। यो चलचित्र २७ जुलाईमा रिलिज हुन्छ। यो बाहेक उनी ‘टोटल धमाल’ र ‘कलंक’ मा देखिने छन्।

असार १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्