अविरल वर्षाले विराटनगर महानगरपालिकाका जलमग्‍न

आइतबार रातिदेखि परेको अविरल वर्षाले जलमग्न विराटनगर महानगरपालिकाका अधिकांश क्षेत्र।नगरक्षेत्रका बाटाघाटा जलमग्न र हिलाम्मे भएपछि सर्वसाधारणलाई सवारीसाधन कुदाउन र आउजाउ गर्न समस्या भएको छ।तस्बिर- अभयकुमार राई/देश सञ्‍चार

मोरङ-आइतबार रातिदेखि परेको अविरल वर्षाले विराटनगर महानगरपालिकाका अधिकांश क्षेत्र जलमग्‍न भएका छन्।

रातिदेखि परेको अविरल पानीले निकास नपाएपछि विराटनगर जलमग्‍न भएको हो।

एकैपटक नगरक्षेत्रका अधिकांश बाटा र नाला भत्काइएकाले पानीले निकास नपाउदा नगरक्षेत्रका सडक सहित स्कुल,अस्पताल,कार्यालय र सर्वसाधारणका घर जलमग्‍न भएको छ।

नगरक्षेत्रका बाटाघाटा जलमग्न र हिलाम्मे भएपछि सर्वसाधारणलाई सवारीसाधन कुदाउन र आउजाउ गर्न समस्या भएको छ।

विराटनगरको पोखरीयास्थित श्री राधाकृष्ण माध्यमिक विद्यालय परिसर जलमग्न  भएपछि विद्यार्थीहरुलाई समस्या भएको छ।

खोलाको जलस्तर बढेपछि खोला आसपास घर बनाएर बस्दै आएका सुकुम्बासी परिवारमा त्रास उत्पन्‍न भएको छ।

असार १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्