अब सनी लियोनको पनि ‘बायोपिक’

कलाकार सनि लियोनले केही दिनअघि आफ्नो ट्वीटरबाट वेब सिरिजको ट्रेलर सार्वजनिक गरेकी छन् । यो ट्रेलर उनीमाथि बन्न लागेको ‘बायोपिक’ चलचित्रको हो। ‘करनजीत कोर– द अन टोल्ड स्टोरी अफ सनि लियोन’ जसमा सनीको दुई जीवनलाई देखाइएको छ। जसमा उनी साधारण केटी र ‘एडल्ट कलाकार’ देखिएकी छन्।

सनी भारतीय कलाकारहरु मध्ये धेरै गुगलमा खोजी हुने कलाकारमा पर्छिन्।

भारतीय मुलकी क्यानेडियन सुन्दरी सनी लियोनको वास्तविक नाम करनजीत हो। उनी भारतीय सिनेमामा काम गर्नु अगाडि ‘एडल्ट फिल्म’ क्षेत्रमा काम गर्थिन्। उनी भारतीय रियालिटी शो बिग बोस–५ मा पनि सहभागी भएकी थिइन्। त्यहि बेलामा चलचित्र निर्माता महेश भट्टको नजरमा उनी परिन्।

सन् २०१२ मा पूजा भट्टले बनाएको चलचित्र ‘जिस्म–२’ मा अभिनय गरेर लियोनले सबैको मन जितिन्। त्यसपछि उनले ज्याकपट (सन् २०१३), रागिनी एम एमएस–२ (सन् २०१४) र एक पहेली लिला (सन् २०१५) मा काम गरिन्।

सनी लियोन

उनी अरु क्याम्पियनमा पनि सहभागी छन्। उनले ‘रक एण्ड रोल लस एन्जल्स हाल्फ म्याराथन’ को लागि पूँजी संकलनमा सहयोग गरिन्।

अमेरिकन क्यान्सर सोसाइटीको लागि उनले यो काम गरेकी थिइन्। उनी जनावरको संरक्षण सम्बन्धी क्याम्पियनमा पनि सहभागी भएकी छिन्।

उनले डानियल वेवरसँग सन् २०११ मा विवाह गरेकी हुन्, उनी संगीत व्यवसायी हुन्। अहिले यो जोडिले सरोगेरीको गरेर जुम्ल्याहा सन्तान जन्माएका छन्। यो भन्दा अगाडि उनीहरुले महाराष्ट्र, लाहोरकी एक बालिकालाई धर्मपुत्री बनाएका छन् उनको नाम निशा कौर राखेर।

असार १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्